आज:  | Mon, 15, Apr, 2024

‘दबंग द टुर’ कार्यक्रम रोक्न विप्लवको माग

२०७४, १५ फाल्गुन मंगलवार १०:५७ मा प्रकाशित ( ६ साल अघि) ३३१९९ पाठक संख्या

टुँडिखेलमा हुन लागेको कार्यक्रम; ‘दबंग द टुर’ रोक्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट रहेको अखिल नेपाल जनसाँस्कृतिक महासङ्घले माग गरेको छ।

बलिउड सुपरस्टार सलमान खान नेपाल आउने हल्लाले पुरै सामाजिक सञ्जाल घेरेको छ। सलमान खान मुख्य आकर्षक रहेको कार्यक्रम; ‘दबंग द टुर’ को प्रचारप्रसार पनि सामाजिक सञ्जाल, टेलिभिजन, रेडियो देखि बाटो बाटोमा देख्न सकिन्छ। कार्यक्रमको मुख्य स्पन्सर तथा बितरक लोकप्रिय बियर कम्पनी ट्युबर्ग रहेको हुनाले कार्यक्रम सँगै मादक पदार्थको पनि राम्रै प्रचारप्रसार हुदैँ गरेको छ। यहीँ कुराको विरोध गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट रहेको अखिल नेपाल जनसाँस्कृतिक महासङ्घले अनावश्यक मादक पदार्थको प्रचारप्रसार र दसौँ हजार टिकट बेचिएको भन्दै कार्यक्रम रोक्न माग गरेको हो।‌ महासङ्घले भने बमोजिम नभए आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।

आगामी फाल्गुन २६ गते टुँडिखेलमा हुन लागेको कार्यक्रम ओडिसी इन्टरटेनमेन्टले आयोजना गरेका हुन्। यस कार्यक्रमको मुख्य आकर्षणहरु सलमान खान सँगै नायिका सोनाक्षी सिन्हा, डान्सर प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ र मनिष पल रहेको छन्। साथै केही नेपाली कलाकारहरु पनि कार्यक्रममा सहभागी हुनेछन्। बलिउड कलाकारहरु फाल्गुन २५ गते नेपाल आइपुग्ने छन्।

खबर एक्सप्रेस