आज:  | Tue, 06, Dec, 2022

बेहुली जस्तै सजाएर श्रीदेवीको अन्तिम बिदाइ

२०७४, १६ फाल्गुन बुधबार ११:२८ मा प्रकाशित ( ४ साल अघि) ३११९० पाठक संख्या

विश्वभरका आफ्ना करोडौँ फ्यानलाई रुवाउँदै बलिउडकी प्रख्यात अभिनेत्री श्रीदेवी जिन्दगीको अन्तिम यात्रामा निस्केकी छन् । करोडौँ फ्यानको मन मष्तिष्कमा बस्न सफल उनलाई बेहुली जस्तै सजाएर शव यात्रा मुम्बईबाट निकालिएको हो ।

बलिउडकी ‘चाँदनी’ श्रीदेवीलाई सेतो फूलले सजाइएको ट्रकमा राखेर अन्तिम यात्रामा निकालिएको हो । यसभन्दा पहिले श्रीदेवीलाई बेहुली जस्तै रातो कपडाले सजाइएको थियो ।

श्रीदेवीको अन्तिम दर्शनका लागि लाखौँ मानिससहित बलिउडका चर्चित हस्तीहरु मुम्बईको सेलिब्रेशन स्पोर्ट्स क्लब पुगेका छन् । सलमान खान, शाहरुख, ऐश्वर्या राय र विद्या बालनसहित कयौँ स्टारहरु श्रीदेवीलाई देखेर रोएका छन् ।

अहिले श्रीदेवीको अन्तिम यात्रा शुरू भइसकेको छ । सेतो फूले सजाइएको ट्रकमा पार्थिव शरिर राखिएको छ । ट्रकमा पति बोनी कपुर, छोरा अर्जुन कपुर र छोरी बेटी जाह्नवी रहेका छ्न ।

श्रीदेवीलाई राजकीय सम्मानका साथ अन्तिम विदाइ गरिँदैछ । शवयात्रा अघि नै मुम्बई पुलिसको ब्यान्ड पनि स्पोर्ट्स क्लबमा पुगेको थियो । श्रीदेवीलाई श्रद्धाञ्जली दिन काजोल र अजय देवगन पुगेका थिए ।

श्रीदेवीलाई मुम्बई पुलिसको तर्फबाट राजकीय सम्मान दिइएको छ। सेतो फूलले सजिएको ट्रकमा बेहुलीझैँ सजाएर श्रीदेवीको पार्थिव शरिर राखिएको छ भने ट्रक भन्दा पछाडि कयौँ बलिउड स्टार र हजारौँको भीड छ । श्रीदेवीको पार्थिव शरिर भारतको राष्ट्रिय झण्डाले बेरिएको छ। बुधवार बिहान साढे ९ बजेदेखि श्रीदेवीको पार्थिव शरिर सेलिब्रेशन क्लबमा अन्तिम दर्शनका लागि राखिएको थियो ।

त्यसैगरी अभिनेत्री एश्वर्य राय बच्चन र जया बच्चन पनि श्रीदेवीको अन्तिम दर्शनका लागि पुगेका छन् । त्यसैगरीफराह खान, अक्षय खन्ना र रवि किशन पनि सेलिब्रेशन स्पोर्ट्स क्लब पुगेका थिए । ‘चाँदनी’ को अन्तिम यात्रा अघि अन्तिम श्रद्धाञ्जलीका लागि हेमा मालिनी आफ्नी छोरी ईशा देओलसहित पुगेकी थिइन् ।

बलिउडकी पहिलो लेडी सुपरस्टार श्रीदेवीलाई सेलिब्रेशन स्पोर्ट्स क्लब अन्तिम विदाई गरिएपछि शवयात्रा निस्किसकेको छ । उनको अन्तिम संस्कार आजै दिउँसो साढे ३ बजे मुम्बईस्थित भिले पार्लेको सेवा समाज श्मशान भूमिमा हुँदैछ ।

खबर एक्सप्रेस