आज:  | Fri, 29, Mar, 2024

मेसीको गोलले जिताएन, बार्सिलोना थप दबाबमा

२०७४, १८ फाल्गुन शुक्रबार ०४:४४ मा प्रकाशित ( ६ साल अघि) ३४६६१ पाठक संख्या

काठमाडौं : स्पेनिस ला लिगाको यस सिजनमा अपराजित रहेको बार्सिलोना बिहीबारको खेलमा बराबरीमा रोकिँदा थप दबाबमा परेको छ । ला लिगाको अंक तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोना बिहीबारको खेलमा लस पाल्मससँग १–१ को बराबरीमा रोकिएपछि दोस्रो स्थानको यथ्लेटिको मड्रिडसँग अंक दूरी बढाउने अवसरबाट बञ्चित भएको हो ।

लस पाल्मसको घरेलेु मैदानमा भएको खेलमा २१ औं मिनेटमा मेसीको गोलबाट बार्सिलोनाले अग्रता बनाएको थियो । दोस्रो हाफको केही मिनेटमा नै लस पाल्मसले पेनाल्टी पायो उक्त पेनाल्टीलाई जोनाथन कालेरीले गोलमा परिणत गरी खेललाई बराबरीमा पु¥याए । त्यसपछि खेलको पूरा अवधिमा कुनै टोलीले गोल नगर्दा बराबरीमा टुंगियो ।

suarez

यो बराबरीसँगै २६ खेलबाट ६६ अंक जोडेको बार्सिलोना दोस्रो स्थानको यथ्लेटिको मड्रिडभन्दा ५ अंकले मात्रै अगाडी रहेको छ । समान खेलबाट यथ्लेटिको मड्रिडको ६१ अंक रहेको छ । पछिल्ला ५ खेलमा यथ्लेटिको मड्रिडले सबैमा जित निकालेको छ भने बार्सिलोनाले जम्मा २ खेलमा जित र ३ खेलमा बराबरीमा रोकिएको छ ।

खबर एक्सप्रेस