आज:  | Fri, 29, Mar, 2024

विपिन कार्कीको नाका: कस्तो छ चलचित्र?

२०७४, १९ फाल्गुन शनिबार ०४:०७ मा प्रकाशित ( ६ साल अघि) ३४०४६ पाठक संख्या

फागुन १९, ललितपुर। अभिनेता विपिन कार्कीको मूख्य भूमिका रहेको चलचित्र ‘नाका’ हिजो शुक्रवारदेखि देशभर प्रदर्शनमा आएको छ। दुई राष्ट्रबीचको नाकामा अवैध रुपमा हुने तस्करीलाई कथाको रुपमा प्रस्तुत गरिएको छ। यस चलचित्र भने नेपाल-चीनको नाका‌मा हुने मानवतस्करीलाई केन्द्रित गरेर बनाइएको छ।

अभिनेता विपिन कार्कीले यस चलचित्रमा गोल्डी डन नामक गुण्डा नाईकेको भूमिका निर्वाह गरेको छ। गुण्डागर्दी गरेर आफ्नो पेट पाल्दै गरेको गोल्डी डनले चीनको सिमामा रहेको तिब्बती नागरिकहरुलाई बाह्रबिसेसम्म पुर्याउने जिम्मेवारी पाउँछन्। बाह्रबिसे हुँदै भारतको धर्मशाला लक्षीत बनाएका ती तिब्बती नागरिकहरुबाट कथाको शुरुवात हुन्छ।

निर्देशक अमित श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘नाका’ मा कथा पनि उनकै रहेको छ। नयाँ शैलीको यस चलचित्र निकै नै रमाइलो रहेको छ र फरक-फरक गेटअपमा प्रस्तुती दिन माहिर विपिन कार्कीले यसपाली पनि निराशा भने दिने छैन। निर्माता प्रवीण टक्की कार्कीको चलचित्रमा विपिन कार्कीबाहेक थिन्ले लाह्मो, रोविन तामाङ, शिव मुखिया, प्रकाश गन्दर्भ, सुजन थापा मगर, राम भजन कामत, अभिषेक सुवेदी र केशव राईको पनि प्रस्तुती रहेको छ।

खबर एक्सप्रेस