आज:  | Tue, 26, Sep, 2023

प्रदिप खड्काको लिली बिलीको ट्रेलर सार्वजनिक

२०७४, २२ फाल्गुन मंगलवार १२:४७ मा प्रकाशित ( ५ साल अघि) ३५०८४ पाठक संख्या

फागुन २२। थोरै समयमै चर्चित तथा लोकप्रिय नेपाली अभिनेता प्रदिप खड्का अभिनित चलचित्र ‘लिली बिली’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर चाव्हलस्थित केएल टावरमा राखिएको ‘लिली बिली’ को ट्रेलरको विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो।

ट्रेलरको आधारमा चलचित्रमा अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङको भेट हुन्छ र कहानी सुरु हुन्छ। तर बिचमा अभिनेता अनुप विक्रम शाही अनी पछि अभिनेत्री प्रियंका कार्कीको एन्ट्री आउँछ र उनीहरू आफैँले छुट्टै ट्वीस्ट लेउँछन्। यस रोमान्टिक चलचित्रको ट्रेलरले निकै उत्सुकता जगाएको छ भने चलचित्र हेर्न पनि धेरैलाई उत्साहित गर्नेछ।

चलचित्रको ट्रेलर आज मात्र रिलिज भएतापनि ‘लिली बिली’ ले भने सिनेमा नगर पैले नै तताइसकेको थियो। कहिले चलचित्रको छायांकन लण्डन र स्कटल्याण्डमा भएको कारणले, कहिले चलचित्रको गीत ट्रेण्डिङमा रहेकोले, ‘लिली बिली’ सधै चर्चाको विषय बनेको छ। आजबाट भने चलचित्रको ट्रेलरको कारण फेरि यस विषयमा बोल्न जनताले अर्को शिर्षक पाएका छन्।

अहिलेसम्म सार्वजनिक भएका ‘लिली बिली’ का दुवै गीत हिट भएका कारण ‘लिली बिली’ ट्रेलर तथा चलचित्र पनि हिट हुँदा कुनै आश्चर्य हुने छैन। मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘लिली बिली’ मा प्रदिप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुप विक्रम राई, सविन श्रेष्ठ, मनीष श्रेष्ठ, ध्रुव दत्त र रितेश चाम्स मुख्य भुमिकामा रहेका छन्। काफिया फिल्मस, सुदिप प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको संयुक्त प्रस्तुति रहेको चलचित्र चैत्र ३० गते देशभर प्रदर्शनमा आउनेछ। गोविन्द शाही र सुदीप खड्काको लगानीमा बनेको चलचित्रमा सुदीप बरालको छायांकन रहेको छ।

खबर एक्सप्रेस