आज:  | Mon, 15, Apr, 2024

पृथ्वी नारायण शाहको शालिक यो स्थान मा यसरी बन्ने भयो

२०७४, २३ फाल्गुन बुधबार १०:१७ मा प्रकाशित ( ६ साल अघि) ३३७६४ पाठक संख्या

 

विश्वभरी छरिएर राज होइबक्सेको संपुर्ण ठकुरी समुदायमा न्यानो दर्शन ।
विश्व ठकुरी समुदायको साझा थलो ठकुरी सहयोग संजाल स्थापनाको चार वर्षमा आज नियमित तेस्रो साधरण सभा गर्न गैरहेको अवस्थामा हामी धेरै खुशी छौ । ठकुरी समुदायको हक हितको लागि दशकौ देखि भिन्न नामका भिन्न संस्थाहरु दर्ता भए । कोही केहि समय निकै ताम झामका साथ अघि बढे र पछि सेलाएर गए । कोही अझै पनि सकृय रुपमै ठकुरी हक हितको लागि निश्चत क्षेत्र भित्र निकै सकृय पनि छन् भने कोही कहिलेकाही यसो सकृय भएको जस्तो भ्रमको मधुर गन्ध ठकुरी समुदायमा छाड्ने गर्छन । तर स्थापना काल देखि नै ठकुरी सहयोग संजालले समाजमा जातिए सदभाव कायम गर्दै, ठकुरीहरुको भाषा संस्कृतीको समरक्षण, ठकुरी संग संवन्धित ऐतिहासिक दस्तावेजहरुको संकलन, ऐतिहासिक धरोहरहरुको समरक्षण तथा प्रवद्दन, आवश्यकता अनुसार ठकुरी तथा गैर ठकुरी समुदायहरुमा सेवामुखी कार्य र आर्थिक अवस्था कमजोर भएका ठकुरी तथा गैर ठकुरी बालबालिकाहरुलाई ठकुरी शैक्षिक सहयोग परियोजना मार्फत उनीहरुको शिक्षामा लगानी गर्दै हाल सम्म निकै सकृय रुपमा रहेको छ र यसको निरन्तरताको विकल्प छैन ।

सुरुवाती अवस्थामा हामीले ठकुरीहरुलाई एकिकृत गर्न शुभकामना आदान प्रदान तथा भेटघाटको कार्यक्रमहरुको सुरुवात ग¥यौ । यस्ता खालका कार्यक्रमबाट साच्चिकै निस्वार्थ रुपमा ठकुरी समुदायको भलो चाहने ठकुरीहरुको समुह बढ्दै गयो । हामीहरुले उक्त समुहलाई समय समयमा आवश्यक प्रशिक्षण पनि प्रदान गर्दै गयौ । भगवानले हरेकलाई कुनै न कुनै क्षमता दिनु भएको हुन्छ । यसकारण हामीहरुले हाम्रो समुहमा भएको सबैको क्षमताको पहिचान सही तरिकाले गर्न सफल भयौ र ती क्षमताहरुलाई उचित ब्यबस्थापन गरेर ठकुरी सहयोग संजाललाई कहिल्यै पनि पछाडी फर्केर हेर्न नपर्ने अग्र स्थानमा ल्यउन सक्यौ ।

पहिलो सेवामुखी काम दुबै मृगौला फेल भएर डायालासिको लागि सडकमा माग्दै बस्नु पर्ने दोलखाकी १४ वर्षे अबोध बालिका कौषिका ठकुरीको विश्व ठकुरी समुदायको सहयोगमा हामीले उनको पुर्ण उपचार ग¥यौ र हाम्रा सल्लाहकार राजा नरेश सेनको एकल सहयोगमा उहाको १२ कक्षा सम्मको शिक्षाको जिम्मा लियौ । उहा अहिले नवौ कक्षामा अध्यनरत होइबक्सन्छ । सेवामुखी कार्यको साथै हामीले हाम्रो भाषा संस्कृतीको पनि समरक्षण गर्नु पर्छ भनेर हामी हामी बिच भेटघाट र भलाकुसारी हुदा अनिवार्य ठकुरी भाषालाई प्रयोगमा ल्यायौ । जसको कारण ठकुरी सहयोग संजालको संपर्कमा आइबक्सेका ठकुरीहरुको भाषामा निकै सुधार आईसकेको प्रष्ट उदाहरण हामी संगै छ । हामी संग संवन्धित परम्परा, संस्कृती तथा इतिहासहरु सुरक्षित र समरक्षित हुनु पर्छ भनेर हामीहरुले कुर्णेश नामक बिधुतिय पत्रिकाको प्रकाशन सुरुवात ग¥यौ, जसको १७ अंक हामीहरु संग सुरक्षित छन् । ठकुरी संग संवन्धित जानकारी राखेर २०७२ साल देखि ऐतिहासिक भित्ते पात्रोको प्रकाशन सुरुवात ग¥यौ, जसलाई हामीले तिथी मिती हेर्ने मात्र होइन जानकारी मुलक सामाग्रीहरुको संकलन गरि कहिल्यै पुरानो नहुने क्यालेण्डरको रुपमा विकसित ग¥यौ यस प्रकारका भित्ते पात्रो सायद विश्वकै नमुना भित्ते पात्रो हो । हाल सम्म प्रकासित भित्ते पात्रोको ३ वोटा अंकले ठकुरी संग संवन्धित धेरै तथ्यहरुलाई संकलन र सुरक्षित गरेको छ । अब हामी चौथो अंकको प्रकाशनको तयारीमा छौ र यो कार्य निरन्तर चलिरहने छ ।

२०७२ सालको बिनासकारी भुकम्पमा हामीहरु जातियता भन्दा माथी उठेर उद्दार, राहात तथा पुनर्वासको कार्य ग¥यौ । भुकम्प पश्चात हामीहरु तत्काल उद्दारमा खट्यौ, अर्काे दिन देखि राहातमा लाग्यौ र अन्तमा पुनर्वासको कार्यलाई जोड दियौ । जस अन्र्तगत हामीहरुले तत्काल केही घाइतेहरुलाई अस्पताल पुरायौ,घर तथा सडकमा भएका अवरोध हरु हटायौ । त्रसित हुदै खुला आकासमा बसेका र अस्पतालमा उपचार गराइरहेका ती हजारौ पिडित, घाइते तथा घाइतेका कुरुवाहरुलाई तयारी खानेकुरा र सफा खानेपानी उपलब्ध गरायौ । ठकुरी सहयोग संजाल कतार लगायत अन्य संस्था तथा व्यत्ति विशेषको सहयोगमा विभिन्न ९ स्थानका करिव ५०० घर परिवारलाई हप्ता दिन सम्म पुग्ने खाध्यान्न, सरसफाईका सामाग्रीहरु तथा आधारभुत औषधीहरु वितरण ग¥यौ । काभ्रे,सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, ललितपुर, काठमाण्डौ, नुवाकोट, रसुवा, धादिङ, गोर्खा, लमजुङ, र तनहुका ४३१ पिडित परिवारलाई नेशनल क्याटरिङ सेन्टर अवुधवीबाट प्राप्त टेण्ट, बलाङ्केट, स्लिपिङ ब्याग, तौलिया तथा लत्ताकपडा वितरण ग¥यौ । हंङकङ ठकुरी समाज, ठकुरी समाज दक्षिण कोरिया, तथा देश तथा देश बाहिर बस्ने नेपाली तथा मनकारी विदेशीहरुको सहयोगमा काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर र ललितपुरमा ५१ वटा अस्थिायी टहराहरु निमार्ण ग¥यौ । हामी निर्धक्क संग भन्न सक्छौ भुकम्पमा हामीले गरेको सहयोग जहा आवश्यक थियो त्यहा मात्र पुगेको थियो । किनकी हामीले अनुसन्धान पश्चात मात्र आवश्यकता पहिचान गरि सहयोग पु¥याउने स्थानको चयन गर्ने गरेका थियौ ।

२०७३ साल वैषाख १८ गते गुल्मी जिल्लाको बडागाउमा ठुृलो आगोलागी भयो र ५७ घरहरु जलेर नष्ट भए, हंङकङ ठकुरी समाजको सहयोग र ठकुरी सहयोग संजालका अभियान्ता राजा सुमेन्द्र सिंह ठकुरीको अग्रसरतामा एक लाख ७१ हजार १११ रकम संकलन गरि उक्त रकम संवन्धित ठाउको आधिकारिक समितीलाई हस्तान्तरण ग¥यौ । प्युठान जिल्लाको रजवरमा पहिरोबाट चार जना बाबालिका अभिभावक विहिन भए । हामी आफैबाट तथा ठकुरी सहयोग संजाल कतारको सहयोगमा एक लाख ६२ हजार ७५७.५५ रकम संकलन गरि तत्कालको खर्चको लागि रु २८ हजार हस्तान्तरण ग¥यौ र बाकी रकम रु. १ लाख ३४ हजार ७५७.५५ बालबालिका मध्य जेठो बालक बालिग भएपछि उसकै नाममा खाता खोली उनीहरुको सुरक्षित भविश्यको लागि जम्मा गरिनेछ । हाल ती बालबालिका एसो ओ एस नामक गैरसरकारी संस्थाको समरक्षणमा छन् । यस्ता आपत विपतमा ठकुरी सहयोग संजाल सधै सकृय रहेर सेवामुखी कार्य गरिरहनेछ ।

समाज बिकासमा शिक्षाको भुमिका नकार्न सकिदैन । शिक्षा हरेक नागरिकको गास, बास, कपास पछिको आवश्यकता हो । तर अझै पनि ठकुरी समुदायका बालबालिकाहरु कसैको अभिभावक नभएको र कसैको भएर पनि आर्थिक अबस्था अत्यन्त कमजोर भएका काराण विधालय जान नसेको तथ्य हामी संग थियो । यसकारण हामीले शिक्षामा पनि लगानी अनिवार्य ठान्यौ र हामी आफैबाट सहयोग रकम जुटाएर ठकुरी शैक्षिक सहयोग परियोजनाको सुरुवात ग¥यौ । पहिलो वर्र्ष ५ जना ठकुरी बालबालिकाबाट सुरु भएको परियोजनामा यो वर्ष हामीहरुले संख्या बढाएर १७ पु¥याएका छौ । समाजमा जातिय सदभाव कायम गर्दै यो वर्ष देखि १० प्रतिशत सेरोफेरोको कोटा अन्य जातीका बालबालिकालाई छुट्याएका छौ । आगामी वर्ष हामीले अझ धेरै बालबालिकालाई बिधालय पठााउने लक्ष लिएका छौ । शैक्षिक परियोजनामा बिधार्थी छनोट गर्दा पनि हामीहरु लामो अध्यन र अनुसन्धान गर्ने गरेका छौ ताकी सहयोग जस्लाई आवश्यक छ र जसले सही सदुपयोग गर्न सक्छ उससंग मात्र पुगोस । निर्धक्क साथ भन्न सक्छौ ती बालबालिकाको भविश्य उज्जल छ र उनीहरु भोलीका दिनमा ठकुरी समुदाय तथा नेपाली समुदायको लागि दक्ष जनशक्ती बनेर आउने छन् । शैक्षिक परियोजना अन्तर्गत नै हामीहरुले मकवानपुर जिल्लाको चिसापानी गढी नजिक रहेको बटुक भैरव प्राथमिक विधालयमा अध्यनरत ३५ जना साना साना चेपाङ तथा मगर समुदायका बालबालिकालाई करिव एक वर्ष पुग्ने शैक्षिक सामाग्री उपलब्ध गरायौ । सोही विधालयमा जाडोमा लगाउने न्यानो लुगाको अभावको कारण बालबालिका बिधालय नआउने तथ्य भेटिए पछि तत्काल मनकारी दाता राज मल्लको एकल सहयोगमा न्यानो सुइटर बितरण ग¥यौ । उक्त बिधालयका बालबालिकाको अभिभावकको आर्थिक अवस्था निकै कमजोर रहेको छ । विधालयमा बिधार्थीहरुलाई सफा खाने पानीको ब्यबस्था छैन । त्यसको ब्यबस्थापनको लागि पनि हामीले योजना बनाई रहेका छौ ।

ऐतिहासिक धरोहरहरुको संरक्षण, प्रवद्र्धन तथा जिण अवस्थामा रहेका धरोहरहरुको जिणोद्धार गर्ने ठकुरी सहयोग संजालको उद्देश्य अनुरुप गत वर्ष हामीहरु सिन्धुली गढीको सरसफाईमा जुट्यौ । ठकुरी सहयोग संजालको समुह काठमाण्डौबाट सिन्धुली पुगी त्यँहाका स्थानिय ठकुरीहरु र स्थानिय प्रशासनको सहयोगमा सिन्धुली गढीको सरसफाई ग¥यो । त्यँहा अवस्थित पुरानो झण्डालाई परिवर्तन गर्न सैनिक प्रशासनलाई नायाँ राष्ट्रिय झण्डा हस्तान्तरण ग¥र्याै । हाल त्यहाँ ठकुरी सहयोग संजालले सौजन्य गरेको ठुलो र सफा झण्डा फहराई रहेको छ । त्यस्तै सिन्धुली गढी देखि तल रहेको पौवा गढीको पहिचान थिएन । बास्तवमा अग्रेजहरु संग युद्ध सिन्धुली गढीमा नभई तलको पौवा गढीमै अग्रेजहरुले युद्ध हारेको एतिहासिक तथ्य फेला पारे पछि हामीहरुले पौवा गढीको खोजी ग¥यौ र पहिचान गरि उक्त गढीको पनि सरसफाई ग¥यौ । अहिले उक्त कार्यलाई ठकुरी सहयोग संजाल सिन्धुलीले निरन्तरता दिईरहेको छ । आगमी दिनमा हामीहरु नुवाकोटको देवि घाटमा रहेको पृथ्वी चिताको समरक्षण तथा प्रवद्र्धन गर्ने योजनामा रहेका छौ । त्यसै गरि नेपालका अन्य गढीहरु तथा ठकुरी संग संवन्धित दरबारहरुको सरसफाई, जिणोद्धार र समरक्षणमा पनि लाग्ने हाम्रो योजना रहेको छ ।

मोरङ जिल्लाको केराबारीकी दुर्गामाया ठकुरीलाई स्तन क्यानसर भै आर्थिक अबस्था कमजोर भएको कारण उपचारमा कठिनाई भएको समचार सामाजिक संजालमा आयो । ठकुरी सहयोग संजालले आफ्ना सदस्यहरु, मनकारी अन्य दाताहरु तथा हंङकङ ठकुरी समुदयको सहयोगमा रु ५ लाख ५९ हजार ५४१ संकलन गरि उहाको नाममा सेन्चरी बैकमा खाता खोली संपुर्ण रकम जम्मा ग¥यो । उहाकै लागी अर्कै समुहले पनि रकम संकलन गरिरहेको थियो जुन आधिकारिक संस्था नभएर केही व्यक्तिहरुको समुह मात्र थियो । उनीहरुले लाखौ रुपैया संकलन गरेको समचार सामाजिक संजालमा भेटिएको तर उक्त रकम दुर्गा मायाको उपचारको लागि उहाको हातमा नपुगेको जानकारी पाए पछि हामीहरुले संवन्धित व्यक्तीहरुलाई खाजी गरी, लगतारको प्रयास पश्चात करिब छ महिना पछि मात्र रु. ३६ लाख ९४ हजार ९१ रुपैया पिडित दुर्गामायालाई उपलब्ध गराउन सफल भयौ । उहाँ अहिले नेपाल क्यान्सर अस्पताल हरिसिद्धी ललितपुरमा उपचारमा होइबक्सन्छ र उहाँको ५ वर्षे सानो छोरी पनि साथमै होइबक्सन्छ ।

नेपाल एकिकरणका नायक श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहको जन्मदिन पौष २७ मा दिइदै आएको सार्वजनिक बिदा र राष्ट्रिय एकता दिवस मनाउने प्रचलन देशमा गणतन्त्र स्थापना भए पछि हटाइयो । यस्तो कार्यले स्व. बडामाहाराज धिराजको सम्मानमा आच आएको हामीले महशुस ग¥यौ र संजाल स्थापनाको वर्ष देखि पौष २७ लाई राष्ट्रिय एकता दिवस घोषणा गर्न र सार्वजनिक बिदा दिन माग गर्दै पौष २७ मै हरेक वर्ष प्रधानमन्त्री कार्यलयमा ज्ञापन पत्र बुझाउने, उहाका दिब्य उपदेश लेखिएका प्ले कार्ड बोकेर प्रभातफेरी कार्यक्रम गर्ने, उहाँको योगदानको बारेमा बिचार गोष्ठीहरु आयोजना गर्ने र पत्रकार सम्मेलन गर्ने कार्य ग¥र्यौ । अन्तत यो वर्ष देखि सरकारले पौष २७ मा राष्ट्रिय एकता दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय ग¥यो । जसको खुशीमा यो वर्ष सयौको संख्यामा ठकुरीहरु बडामाहारज धिराजले नुवाकोटमा पहिलो बिजय प्राप्त गरेपछि राज होईबक्सेको नुवाकोट दरबार पुगरे त्यहाँको नागरिक समाजले आयोजना गरेको कार्यक्रममा सहभागी भयौ र देविघाटमा रहेको उँहाको चिता तथा सालिकमा पुगेर सम्मान प्रकट ग¥र्यौ । अर्काे वर्षको पृथ्वी जयन्तीमा गोर्खा दरबारमा पुगरे सम्मान प्रकट गर्ने ठकुरी सहायोग संजालको योजना रहेको छ । हामीले नुवाकोटमा उहाँ माथी सम्मान प्रकट गरि रहदा यता कृतीपुरमा केही उत्श्रृखल तत्वहरुले उहाँमाथी अपनमान पनि गरे र हामीले त्यसको घोर विरोध गर्दै आधिकारिक प्रेस विज्ञप्ती निकाल्यौ । यस्ता प्रकारका बिरोध तथा बाहिरी शक्तीको कारण सरकाको यो निर्णय हामीलाई स्थायी लागेको छैन यसकाण हामी सधै चनाखो रहने छौ । साथै पोखराको पृथ्वी चोकमा रहेको पृथ्वी नारायण शाहको शालिक हटाइएको छ र सहिद लखन थपााको शालिक राखिएको छ । सहिदलाई पनि सम्मान गर्दै उहाँको शालिक अन्य स्थानमा सम्मानका साथ स्थापना गर्ने र त्यँहा पृथ्वी नारायण शाहकै शालिक स्थापना गर्नु पर्छ भनि सरकारलाई बुद्धीमानी तरिकाले जानकारी गराउने कार्य हामीले यहि वर्ष गर्ने छौ । अन्य स्थानका अन्य ठकुरी राजाहरुको शालिकमा पनि यहि लागु हुने छ ।

ठकुरी सहयोग संजालले आधुनिक स्मार्ट सदस्यता कार्ड वितरणको सुरुवात गरिसकेको छ । सुचना र प्रविधीको युगमा हाम्रो सदस्यता कार्ड पनि स्मार्ट कार्ड बन्नु पर्दछ । नाम, ठेगना, बंश, गोत्र, कुल, पारिवारिक विवरण लगायत सदस्यको संपुर्ण जानकारी उच्च प्रविधीमा संकलन गरिएको स्मार्ट कार्ड वितरणलाई निरन्तरता दिदै यो वर्ष धेरै भन्दा धेरै सदस्यता कार्ड वितरण गर्ने योजना रहेको छ ।

यी कार्य लगायत हामीहरुले ठकुरीहरुको सेवा र सहयोगमा धेरै साना साना कार्यहरु पनि गर्दै आई रहेका छौ । बैदेशिक रोजगारमा जादा बैदेशिक रोजगार कम्पनीहरुको ठगीमा परि विदेशमा अलपत्र परेका ठकुरीहरुलाई उद्दार गरि नेपाल फर्काएर संवन्धित बैदेशिक रोजगार कम्पनीहरु संग कानुनी लडाई लडि पिडीतलाई उचित क्षतीपुर्ती दिलाउने कार्य हामीबाट भएका केही उदाहरण छन् । केही ठकुरीहरु हाम्रै आत्मिय संवन्धको कारण हामीहरुकै सहयोगले सुन्य लगानीमा बैदेशिक रोजगारीमा गै आफ्नो क्षमता अनुसारको कार्य गरिरहेको र हाम्रो संस्थालाई पनि सहयोग गरिरहेको अबस्था छ । योग्यता भएका तर बेरोजगार रहेका ठकुरीलाई हामीले कतै भन्दैमा उहाँलाई रोजगार मिल्छ भने आन्तरिक रुपमा भनेर रोजगारीको ब्यबस्था पनि गर्ने गरेका छौ । यस्ता कार्यहरुलाई हामीले आन्तरिक तहबाटै निरन्तरता दिइरहनु पर्दछ । ठकुरी बिरामी हुदा संभव भए सम्म ठकुरी चिकित्सकले नै उपचार गर्नु पर्छ जसले गर्दा बिरामीले चिकित्सक माथी पुर्ण विश्वास गर्न सकोस र मानसिक रुपले पनि उसालाई चाडो निको होस भन्ने हाम्रो मान्यता अनुसार हाल हाम्रो संपर्कमा आउने हड्डी तथा नसा रोगका संपुर्ण विरमीहरुलाई हामी बीर अस्पताल टर्मा सेन्टरमा कार्यरत हड्डी तथा नशा रोग विशेसज्ञ चिकित्सक ज्ञानेन्द्र बिक्रम शाह बाट उपचार गराई रहेका छौ । अन्य रोगका ठकुरी बिशेसज्ञ चिकित्सकहरु संग पनि हामी बलियो संवन्ध स्थापित गर्ने योजना बनाएका छौ । यस्तो कार्य चिकित्सा क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा पनि हुुनु अनिवार्य छ । जसको योजना पनि हामी निमार्ण गर्दै छौ ।

ठकुरीको वैवाहिक संवन्ध ठकुरी संगै हुने परम्पारालाई पनि हामीले आत्मसाथ गर्न पर्दछ । अहिले अन्तरजातिय बिवाहको चलन निकै बढेको छ तर यो कुनै पनि समुदायको लागि राम्रो होइन भन्ने मान्यता हाम्रो रहेको छ । किनकी यसले सांस्कृतिक विकृती निम्ताउछ । यसकाराण हामीहरुले हाम्रो संपर्कमा रहिबक्सेका विवाह गर्ने उमेर पुगेका ठकुरीहरुलाई उहाँहरुको चाहना र सहमती अनुसार आन्तरिक रुपमा केही वैवाहिक संवन्धहरु पनि स्थापित गरि दिएका छौ । अव सार्वजनिक र आधिकारिक रुपमै ठकुरी म्यारिज ब्युरो चलाउने योजनमा हामी रहेका छौ । हामीले अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्देनौ र विरोध पनि गर्देनौ ।

हामीहरुले ठकुरी ठकुरी बिच आत्मियता स्थापना गर्न, ठकुरीहरुको बास्तिक अबस्था बुझ्न र तथ्याङ्क संकलन गर्न ठकुरी बस्तीहरुको पहिचान गरि घरदैलो भ्रमण कार्यको पनि सुरुवात गरेका छौ । यसको निरन्तरताको आवश्यकता छ । त्यसै गरि ठाउँ अनुसार ठकुरी संस्कृतीमा केहि भिन्नता पाइएकोले, पुर्वको ठकुरीलाई पश्चिमको ठकुरी बस्ती भ्रमण गराउने र पश्चिमको ठकुरीलाई पुर्वको ठकुरी बस्तीको भ्रमण गराउने योजनामा हामी रहेका छौ । यो वर्ष देखि यस कार्यको पनि सुरुवात हुने छ ।

देश तथा विदेशमा भिन्न नमका भिन्न ठकुरी संस्थाहरु रहे पनि सबै संस्थाहरु ठकुरी कै हक हितको लागि खोलिएका छन् । सबैको उद्देश्य साझा छ । ठकुरी सहयोग संजालले धेरै संस्थाहरु संग कार्यगत एकता पनि गर्दै आइरहेको अवस्था छ । तर एकतामा बल छ । यसकारण हामीहरुले गत चैत्र महिनाको चौथो वृहत जमघट तथा भेटघाट कार्यक्रममा ठकुरी एकताको जिम्मा ठकुरी सहयोग संजालले लिएको घोषणा गरिसकेका छौ । विश्वभरका ठकुरी सस्थाहरु एउटै नाम, एउटै लोगो,एउटै विधान र एउटै नारामा एकिकृत हुनु पर्छ भन्ने ठकुरी सहयोग संजालको मान्यता रहेको छ । यसकारण हामीहरुले एकताको प्रयास थाली सकेका छौ र ठकुरी एकतामा हामीले जोड दिने छौ । ठकुरी पोशाकको बारेमा पनि अन्यौलता छाईरहेको अबस्थामा हामीहरु गहन अध्यन गरेर सर्वस्वइकार्य अति उत्तम ठकुरी पोशाकको लागु गर्ने योजनामा रहेको जानकारी गराउदछौ ।

हरेक ठकुरीको आर्थिक स्तर बढ्नु पर्दछ । यसको लागि ठकुरीहरु ब्यबसायिक हुनु जरुरी छ । यसकाण हामीहरुले यो वर्ष देखि व्यतिगत तथा सामुहिक ब्यबसायको अवधारणा ल्याएका छौ । ब्यक्तिगत रुपमा कोही ठकुरीले ब्यबसाय गर्न चाहेको खण्डमा उहाँलाई संवधित विज्ञ बाट आवश्यक परामार्श दिलाउने छौ । साथै सामुहिक ब्यबसाय अन्र्तगत ठकुरीहरुको समुह मिली साना साना देखि ठुला ब्यबसायको सुरुवात गर्ने योजनामा हामीहरु रहेका छौ । यी ब्यबसायमा ठकुरी मानव श्रोतको मात्र प्रयोग गरि लगानी गर्न नसक्ने ठकुरीहरुलाई आवश्यक शिप सिकाई दक्ष बनाई रोजगारमा लागाउने योजना हामीहरुको रहेको छ । ब्यबसाय संवन्धी पुर्ण अवधारणा आवश्यक अध्ययन गरि हामीहरुले पछि तयार गर्ने छौ ।

एकता, शसक्तिकरण, ब्यबसायिकता र दिगोपनको चार आधार स्तम्भमा उभिएको ठकुरी सहयोग संजालले हालसम्म ठकुरी समुदायको हितको लागि गरेका कार्यहरु माथी उल्लेख गरिएका भन्दा पनि अझ धेरै छन र यी उपलब्धीहरु निस्वार्थ सेवाभावले ओतप्रोत भएका ठकुरीहरुको सामुहिक प्रयासले मात्र संभव भएको हो । किनकी हामीहरुले जहिले पनि सामुहिक र सामुदायिक हितको लागि सोच्यौ कहिले पनि व्यक्तिगत स्वार्थको लागि सोचेनौ । हामीलाई कहिल्यै पनि पद चाहिएन जहिले पनि जिम्मेवारी चाहियो । हामीले हाम्रो जातमा गर्व ग¥यौ तर अरु जात भन्दा ठुला र बलिया छौ भनेर कहिले पनि घमण्ड गरेनौ । सधै समाजमा जातिय सदभाव कायम गरेर ठकुरी हितको लागि कार्य ग¥यौ । आज ठकुरी सहयोग संजालले हजारौ ठकुरीलाई जोडिसकेको छ । हामी हामी बिच आत्मियता उत्पन्न गरेको छ । कहिल्यै नभेटेका र वर्षाै सम्म सम्पर्क विहिन रहेका आफ्नै नजिकका नातेदार हरुलाई पनि ठकुरी सहयोग संजालले भेट गराई दिएको छ । यसकारण एक दिन विश्व ठकुृरी एक हुने निश्चित छ । हाम्रो यात्रा निरन्तर छ । जय ठकुरी एकता । जय राष्ट्रिय एकता । जातिय सदभाव जिन्दाबाद ।

अध्यक्ष
रेशम जंग शाह
२०७४ फागुन १९ गते शनीबार

खबर एक्सप्रेस