आज:  | Fri, 22, Mar, 2024

कृको गीत पनि अलमोडाले चोरी गरिएको

२०७४, २३ फाल्गुन बुधबार १२:१८ मा प्रकाशित ( ६ साल अघि) ३११३५ पाठक संख्या

हाल सिनेमा हलमा लागिरहेको अनमोल केसी अभिनित चलचित्र ‘कृ’ को गीतमा चोरी गरिएको आरोप लागेको छ। ‘उकालीमा पछी पछी’ बोल रहेको ‘कृ’ को गीत भूवन केसी अभिनित पुरानो चलचित्र ‘सम्झना’ बाट प्रतिलिपि गरिएको आरोप छ।

यस गीतको पुरानो भिडियोमा अभिनेता भुवन केसी र अभिनेत्री तृप्ति नाडकर रहेका थिए भने अहिले भुवन केसीको छोरा अनमोल केसी र अभिनेत्री अदिती बुढाथोकी रहेका छन्। गीतको बारेमा श्रष्टासँग अनुमति नलिईकन गीत प्रतिलिपि गरेको, चलचित्र ‘सम्झना’ को निर्देशक शम्भु प्रधानको दावी छ।

https://youtu.be/nsquj4B8Wi0

प्रतिलिपी अधिकार ऐन, २०५९ को दफा २५ (१) (क) र (ख) मा उल्लेख गरिएको छ कि अनुसार, “श्रष्टा वा स्वामित्ववालको अनुमति बिना कुनै पनि सिर्जना वा उत्पादन प्रयोग गर्नुलाई नेपालको कानुनले फौजदारी अभियोगसरह सजायको व्यवस्था गरिएको छ।” यहीँ एेन बमोजिम कसुर गरेको भनेर अभिनेता केसी र सुवास गिरी विरुद्ध निर्देशक शम्भु प्रधानले उजुरी दिएका छन्।

पुरानो गीतको पुनः निर्माणमा स्वर तथा सँगीत अलमोडा राणा उप्रेतीको रहेको छ। निर्देशक शम्भु प्रधानले चलचित्र ‘सम्झना’ को सिक्वेल बनाउने र यस गीतलाई अझ राम्रो बनाउने सोचाइ थियो तर यसरी गीत चोरिएको कारण प्रधान तनावमा छन्। यसकारण उनले चलचित्र ‘कृ’ को निर्माताहरुलाई आरोप लगाएका छन्। ‘कृ’ को टोलीले शम्भु प्रधानलाई केही लाख रुपैयाँ दिएर कुरा भित्रै मिलाउने प्रयास गरे तर प्रधानले भने कानुनी दायरा अपनाई यस विषय विरुद्ध मुद्दा दायर गरे र ‘कृ’ निर्माताहरुलाई चलचित्र ‘कृ’ ले कमाएको कुल रकमको ५०% हिस्सा माग गरेका छन्‌ नत्र मुद्दा फिर्ता नलिने भनिएको छ।

खबर एक्सप्रेस