आज:  | Wed, 27, Sep, 2023

कति कमायो हलिउड चलचित्र “ब्ल्याक प्यान्थर” ले नेपालमा ?

२०७४, २४ फाल्गुन बिहीबार ०५:२० मा प्रकाशित ( ५ साल अघि) ३१४२३ पाठक संख्या

हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर’ नेपाली बक्सअफिसमा प्रभावशाली देखिएको छ । फिल्मले चौंथो सातासम्म नेपालबाट मात्र १ करोडभन्दा बढी ग्रस कलेक्सन गरेको छ ।

केही महिना पहिले ‘जुमान्जी : वेलकम टु द जंगल’ले काठमाडौं र पोखराका मल्टिप्लेक्सबाट करोड ग्रस कमाएको थियो । पाँचौं सातासम्म फिल्मले राम्रै अकुपेन्सी हासिल गरिरहेको छ ।

बलियो ‘वर्ड अफ माउथ’को प्रभाव फिल्मको कलेक्सनमा देखिएको हो । विश्वब्यापी राम्रो कमाइ गरेको फिल्मलाई नेपाली मल्टिप्लेक्स दर्शकले रुचाएका छन् ।

आउँदो साता जेनिफर लरेन्स स्टारर ‘रेड स्प्यारो’ प्रदर्शन हुँदैछ । खासमा अघिल्लो शुक्रबार प्रदर्शन हुनुपर्ने फिल्म रिलिजमा ढिलाइ भएको थियो । जेनिफरका नेपाली फ्यानमाझ ‘रेड स्पायारो’ प्रतिक्षित छ ।

खबर एक्सप्रेस