आज:  | Wed, 17, Apr, 2024

सबैलाई पछाडी पार्दै “लिलिबिली” को ट्रेलर ट्रेन्डिङ एक मा।

२०७४, २४ फाल्गुन बिहीबार ०९:०२ मा प्रकाशित ( ६ साल अघि) ३४९२८ पाठक संख्या

थोरै समयमै चर्चित तथा लोकप्रिय नेपाली अभिनेता प्रदिप खड्का अभिनित चलचित्र ‘लिली बिली’ को फागुन २२ गते सार्वजनिक भएको थियो। ट्रेलर चाव्हलस्थित केएल टावरमा राखिएको ‘लिली बिली’ को ट्रेलरको विशेष कार्यक्रममा सार्वजनिक गरिएको थियो।

रिलिज भएको करिबन ४५ घन्टामा उक्त ट्रेलर युटुबको ट्रेन्डिङ नम्बर एकमा पर्न सफल भएको छ । ट्रेन्डिङ एकमा आउदा सम्म उक्त ट्रेलर तीन लाख पचासी हजार भन्दा बडिले हेरिसकेका छन र सबैले एकदम रुचाएका छन ।

अहिलेसम्म सार्वजनिक भएका ‘लिली बिली’ का दुवै गीत हिट भएका कारण ‘लिली बिली’ ट्रेलर तथा चलचित्र पनि हिट हुँदा कुनै आश्चर्य कुरो छैन। मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘लिली बिली’ मा प्रदिप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुप विक्रम राई, सविन श्रेष्ठ, मनीष श्रेष्ठ, ध्रुव दत्त र रितेश चाम्स मुख्य भुमिकामा रहेका छन्। काफिया फिल्मस, सुदिप प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको संयुक्त प्रस्तुति रहेको चलचित्र चैत्र ३० गते देशभर प्रदर्शनमा आउनेछ। गोविन्द शाही र सुदीप खड्काको लगानीमा बनेको चलचित्रमा सुदीप बरालको छायांकन रहेको छ।

खबर एक्सप्रेस