आज:  | Tue, 26, Sep, 2023

नेप्टे: दयाहाङ राईको नयाँ चलचित्रको ट्रेलर सार्वजनिक

२०७४, २८ फाल्गुन सोमबार ११:०० मा प्रकाशित ( ५ साल अघि) ३४०७१ पाठक संख्या

फाल्गुन २८, काठमाडौं। लोकप्रिय अभिनेता दयाहाङ राई आफ्नो अर्को चलचित्र लिएर आएका छन्। ‘नेप्टे’ नाम रहेको चलचित्रको ट्रेलर आज सार्वजनिक भएको छ।

नेप्टे नामक पात्र निर्वाह गरेका अभिनेता दयाहाङ राई, यस चलचित्रमा भिलेनको रुपमा देखिएका छन्। एक्सन, प्रेम र कमेडीले भरपुर यस चलचित्रमा एउटा प्रेमको लागि दाईभाई नभनी सबै जुधीरहेको हुन्छ। चलचित्र ‘नेप्टे’ मा सामाजिक कथा वस्तुलाई रोचक ढंगमा प्रस्तुत गरिएको छ। चलचित्र निकै नै रमाइलो जस्तो देखिन्छ, हरेक डाइलग तथा अभिनय हास्य तथा रोचक प्रकारमा देखाइएको छ।

चैत्र ३० गते रिलिज हुने भनिएको चलचित्र ‘नेप्टे’ मा मुख्य कलाकारहरु दयाहाङ राई लगायत रोहित रुम्बा, बुद्धि तामाङ, अर्जु गुरुङ, छुल्ठिम गुरुङ, पूर्णिमा लामा र अरुणा कार्की रहेका छन्। देव कुमार श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘नेप्टे’ मा कथा र लगानी दुवै भने नायक रोहित रुम्बाको नै रहेको छ।

खबर एक्सप्रेस