आज:  | Sat, 13, Apr, 2024

झुट: सोलीडोलीमा प्रदिप खड्का

२०७४, १ चैत्र बिहीबार १०:४५ मा प्रकाशित ( ६ साल अघि) ३५२२७ पाठक संख्या

चलचित्र ‘लिली बिली’ का अभिनेता प्रदिप खड्का अब नयाँ चलचित्र ‘सोलीडोली’ मा काम गर्ने निकै हल्ला चलिरहेको छ। तर पनि आधिकारिक रूपमा भने कुनै जानकारी आएको छैन।

चलचित्र ‘लिली बिली’ पछि नयाँ चलचित्र ‘भैरवी’ लाई वचन दिएका प्रदिप खड्का अब विस्तारै ‘भैरवी’ मा व्यस्त हुदैँछन्। चलचित्र ‘सोलीडोली’ मा खड्कालाई लिइने कुरा भएको छ तर खड्काले भने यस चलचित्रमा काम नगर्ने निर्णय लिएका छन्।

चलचित्र ‘लिली बिली’ का निर्देशक मिलन चाम्सले नै निर्देशन गर्ने भनिएको चलचित्र ‘सोलीडोली’ मा नायक प्रदिप खड्काको कुरा भएतापनि नायक, नायिका दुवै भने तय भएका छैनन्। भाद्र महिनाबाट छायांकनको तयार गरेको यस चलचित्रको बारेमा थप जानकारी जान्न भने चलचित्रलाई नै कुर्न पर्ने हुन्छ।

हाललाई भने अभिनेता प्रदीप खड्का आफ्नो नयाँ चलचित्र ‘लिली बिली’ लाई लिएर उत्साहित छन् र यसै चलचित्रको कारण पनि खड्का निकै व्यस्त छन्। मिलन चाम्सको निर्देशनमा बनेको चलचित्र ‘लिली बिली’ मा प्रदिप खड्का, प्रियंका कार्की, जसिता गुरुङ, अनुप विक्रम राई, सविन श्रेष्ठ, मनीष श्रेष्ठ, ध्रुव दत्त र रितेश चाम्स मुख्य भुमिकामा रहेका छन्। काफिया फिल्मस, सुदिप प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको संयुक्त प्रस्तुति रहेको चलचित्र चैत्र ३० गते देशभर प्रदर्शनमा आउनेछ। गोविन्द शाही र सुदीप खड्काको लगानीमा बनेको चलचित्रमा सुदीप बरालको छायांकन रहेको छ।

खबर एक्सप्रेस