आज:  | Tue, 06, Dec, 2022

नेपाल विरुद्ध पपुवा न्युगुइन आइसिसि बिश्वकप प्ले अफमा यसरी जित हासिल गर्यो

२०७४, १ चैत्र बिहीबार १२:२१ मा प्रकाशित ( ४ साल अघि) ३२२०५ पाठक संख्या

जिम्वाबे हरारे वर्ड हरारियन्समा चलेको आइसिसी बिश्वकप प्ले अफमा नेपाल विरुद्ध पपुवा न्युगुइनको खेलमा नेपालले ६  विकेटले पपुवा न्युगुइनलाइ पछारेको छ ।

पपुवा न्युगुइनको पहिलो ब्याटिङमा ११५ को लक्ष्य निर्धारित गरेको थियो । स्वो लक्ष्यलाई पछ्याउँदै नेपाली खेलाडीहरुले राम्रो खेल प्रस्तुत गरेका थिए । नेपालले २३ ओभर ४ विकेटको प्रयासमा पपुवा न्युगुइनलाई हार चखाएको छ । यस खेलमा दिपेन्द्र सिङ्हले राम्रो प्रतुती गरेका छन् । खेलमा सिङ्हले ४ चौका १ छक्का १५ बलमै ठोकेका छन् । अरिफ सेफ ४२ बलमा ४ चौका ल्याइ २६ रनमा बाहिरिएका थिए ।अनिल शहले ११ बलमा ९ रनको मिठो प्रयास गरेका थिए ।
त्यसैगरी राष्ट्रिय टिमका कप्तान पारस खड्काले १८ बलमा २ चौका र १ छक्का गरि २० रन दिन सफल भएका थिए । तर हुन्हार खेलाडी कहलिएका ग्यानेन्द्र मल्लले भने राम्रो खेल्न सकेनन्  अत: उनी मात्र १ रनमै आउट भएका थिए ।

खबर एक्सप्रेस