काठमाडौँः युरोपा लिग अन्तरगत अन्तिम १६ को दोस्रो लेगको खेलमा इटालीयन क्लब एसी मिलानविरद्ध ३–१ को नतिजा निकाल्दै इङ्लिस क्लब आर्सलन क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको छ ।
ड्यानी वेलबेकको दुई गोलतको मद्धतमा आर्सनल एसी मिलानविरुद्ध सहज जितसहित युरोपा लिगको अन्तिम ८ मा पुगेको हो । आर्सनलका लागि खेलको ३९ औँ मिनेटमा पहिलो गोल गरेका वेल्बेकले ८६ औँ मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गरे ।
आर्सनलका लागि अर्को गोल झाकाले ७१औँ मिनटेमा गरेका थिए । पराजित एसी मिलानका लागि चल्हानाग्लुले खेलको ३५ आँै मिनेटमा अग्रता दिलाउँदै गोल गरेका थिए । तर यो अग्रता वेलबेकले ४ मिनेटमै तोडे ।
यसअघिको पहिलो लेगको खेलमा २–० ले विजयी भएको थियो । प्रिमियर लिगमा खराब प्रदर्शन गरिरहेको आर्सनलले युरोपा लिगमा अन्तिम आठको यात्रा तय गरेपछि म्यानेजर आर्सेन वेंगरले राहतको श्वास फेरेका छन् ।