चैत्र ५, २०७४ | प्रनिश खड्गी
काठमाडौं। अागामी चलचित्र ‘अमेरिका बोइज’ को टिजर सार्वजनिक भएको छ। चलचित्र आइतवार सार्वजनिक गरिएको हो।
चलचित्र इन्टरटेन्मेन्टले भरिएको छ। एक पात्र, पानप्रेमी; तन्नु खान। अनि अमेरिकाबाट फर्केका तीन युवक, हराएको सुटकेस र पान। सुटकेसमा के थियो, त्यो त पूरा चलचित्र हेरेर थाहा हुन्छ तर चलचित्रमा एक टोली त्यसैको पछि हुन्छ। यसै सिलसिलाको कथा, भागम भाग, अमेरिका बोइज र बिचमा एउटा केटी, चलचित्र निकै रमाईलो जस्तो देखिन्छ, चलचित्रको ट्रेलर आएपछि कथा अझ प्रस्ट हुनेछ।
जेष्ठ १८ मा रिलिज हुने भनिएको चलचित्र ‘अमेरिका बोइज’ मा मुख्य भुमिकामा सुनील थापा र सन्दिप क्षेत्री लगायत अर्पण थापा, हरिहर शर्मा, कामेश्वर चौरसिया, अभे बराल, आशीष प्रसाई, श्रृष्टि कार्की, सरदा गिरी, रश्मी भट्ट, रामा थापालिया, सुवास गजुरेल, राजु खरेल र मनिष रावत रहेका छन्। अभिनेता अर्पण थापाले ‘सिक् सिटी’ बाट डेब्यु गरेका हुन् भने आशिष प्रसाईलाई अभिनेता भन्दा पनि प्र्याङ्कस्टरका रुपमा धेरैले चिन्छन्।
प्रवेश पौडेलको निर्देशनमा बनेको चलचित्र ‘अमेरिका बोइज’ प्रकाश भुजेल र ईन्द्र प्रसाद खरेलले मिलेर बनाएका हुन्। बिबेक पाण्डेको कथा रहेको यस चलचित्र आलोक शुक्ल ले छायांकन गरेका हुन् भने निमेश श्रेष्ठले सम्पादन गरेका हुन्।