आज:  | Sat, 10, Dec, 2022

बलिवुडका टाइगर सलमान खानले पाए पाँच बर्षको जेल सजाए ।।

२०७४, २२ चैत्र बिहीबार ०९:२२ मा प्रकाशित ( ४ साल अघि) २९२८४ पाठक संख्या

बलिउडका सूपरस्टार सलमान खानलाई कालो हरिणको शिकार गरेको मुद्दामा पाँच वर्षको जेल सजाय सुनाइएको छ । भारतीय अदालतले सलमानलाई कालो हरिणको शिकार गरेको मुद्दामा दोषी ठहर गर्दै पाँच वर्षको जेल सजाय सुनाएको हो । उनले जोधपुरको केन्द्रीय करागारमा राखिने भएको छ।

सन १९९८ मा भारतको जोधपुरको ग्रामिण क्षेत्रमा कालो हरिणको शिकार गरेको अभियोगमा सलमानसहित पाँच जना विरुद्ध मुद्दा दायर गरिएको थियो । सोही मुद्दाका अन्य आरोपी फिल्म अभिनेता सैफ अलि खाँन, अभिनेत्री सोनाली बेन्द्रे, तब्बू र नीमललाई भने अदालतले सफाई दिएको छ ।

सूपरस्टार सलमानसहित पाँचै जना ‘हम साथ साथ है’ भन्ने हिन्दी फिल्मको सूटिङको लागि जोधपुर गएका थिए । प्रहरीले त्यस बेला सलमानलाई राइफल र रिभल्भरसहित समातेर पाँच दिन थुनामा राखेको थियो ।

दोषी ठहर भएका सलमान खानलाई भारतको वन्यजीव कानुन अनुसार ६ वर्षसम्मको सजाय हुनु पर्ने सरकारी वकिलले माग दाबी गरेका थिए भने सलमानका वकिल हस्तीमल सारस्वतले निर्दोष भएको भन्दै २ वर्षको मात्रै जेल सजायको माग गरेका थिए ।

खबर एक्सप्रेस