आज:  | Mon, 25, Mar, 2024

हैरानै हैरान: चलचित्र ‘हैरान’ टिजर

२०७५, ७ बैशाख शुक्रबार १४:०० मा प्रकाशित ( ५ साल अघि) ३४६७५ पाठक संख्या

वैशाख ०७, २०७५ | प्रनिश खड्गी

काठमाडौं। ६ दिन अघि शनिवार टाइटल गीत रिलिज भएको चलचित्र ‘हैरान’ को टिजर हिजो वैशाख ६ गते सार्वजनिक गरिएको छ।

सरोज खनाल लगायत गजित बिष्ट, सागर लमसाल, बुद्धि तामाङ, सत्य राज आचार्य, शिशिर भण्डारी, पुस्कर रेग्मी, निश्मा घिमिरे र एन्जेल राई अभिनित यस चलचित्र विश्वको सबैभन्दा सानो १२ वर्षिय निर्देशक सौगात बिष्टले निर्देशन गरेका हुन्। मुक्ति घले, श्रृष्टी घिमिरे र डा. वाई. एल. लामा को लगानीमा बनेको चलचित्रका लेखक गम्भीर बिष्ट हुन्। नवराज उप्रेती सिनेमाटोग्राफर रहेको ‘हैरान’ प्रीतम पाण्डेले सम्पादन गरेका छन्। चलचित्र जेष्ठ ४ गते बाट प्रदर्शनमा आउने भनिएको छ।

खबर एक्सप्रेस