आज:  | Fri, 19, Apr, 2024

बेबि आई लव यु: ट्रेलर सार्वजनिक

२०७५, ९ बैशाख आईतवार ०७:५७ मा प्रकाशित ( ५ साल अघि) ३४१२८ पाठक संख्या

वैशाख ०९, २०७५ | प्रनिश खड्गी

काठमाडौं। लामो समय अघि डान्स क्रु; कार्टुन्ज क्रु अभिनित सुपरहिट गीत ‘कान्छी मायालु’ सार्वजनिक गरेर चर्चामा आएको चलचित्र ‘बेबि आई लव यु’ को ट्रेलर वैशाख ६ गते बिहीवार सार्वजनिक भएको छ।

चलचित्रको नामले नै प्रष्ट हुन्छ, चलचित्र प्रेम कथामा आधारित छ र यस चलचित्रमा पनि प्रेम कथामा हुने सामान्यतया घटनाहरु जस्तै मिलन, रोमान्स र बिछोडको कथा गाँसिएको छ।  चलचित्रको ट्रेलर हेर्दा चलचित्रमा कुनै चाखलाग्दो विषय भने देखिँदैन, मिलन हुँदाको रमाईला र ठट्यौला कथा, बिचमा रोमान्स र अन्तिममा बिछोडको आँसु, कथा भने यत्तिमै घुमेको देखिन्छ। अब वास्तविक चलचित्रमा केकस्ता ट्वीस्टहरु छन् थाहा हुनलाई भने चलचित्रको रिलिजलाई नै कुर्न पर्ने हुन्छ।

जनक पाण्डे निर्देशित चलचित्र ‘बेबि आई लव यु’ मा नव नायक सन्तोष खड्गी तथा पूजा तिवारी लगायत निर्मल शर्मा, सरोज खनाल, राजु कमेडी, रेशम बुढाथोकी, अपसोन पन्थी र बिमला गुरुङ, किरण के. शर्मा तथा कार्टुन्ज क्रु सामेल छन्। सन्तोष खड्गीको कथामा सुरज आचार्यको छायांकन र सुवास देवकोटाको सम्पादन रहेको छ। चलचित्र जेष्ठ १८ गते बाट देशभर प्रदर्शन हुने भनिएको छ।

खबर एक्सप्रेस