वैशाख २२, २०७५ | प्रनिश खड्गी
काठमाडौं। आलिया भट्ट र रणवीर कपुरको आगामी कल्पनात्मक नाटक ब्रह्मास्त्र का कारण सुटिङमा व्यस्त छन् र दुईले आफ्नो व्यस्त सेडुलबाट सँगै डिनरका लागि केही समय निकाले। बिहीवार, यी दुईसँगै चलचित्रको निर्देशक र रणवीरको मिल्ने साथी, अायान मुखर्जी र निर्माता करण जोहरले पनि साथ दिएका थिए। अालियाले ब्रिजी फूलको बुट्टा भएको पोशाक लगाएको थियो भने, उनका को-स्टार निलो र कालो क्याजुअल सर्टमा थिए। Paparazzi ले उनीहरूलाई बिहीवार रातीको डिनर पछि रेस्टुरेन्ट छोड्दै गरेको भेटे। ब्रह्मास्त्र अर्को वर्ष आउने आशा छ र चलचित्रले अमिताभ बच्चन र मौनी रोयलाई नि लिएको छ।
ब्रह्मास्त्र का टिम हरु मुम्बई मा यसरी भेटिए, हेर्नुस:
आलिया भट्ट र रणवीर कपुर मुम्बईमा
अायान मुखर्जी मुम्बईमा
टिम ब्रह्मास्त्रसँग डिनर गरेपछि करण जोहर
ब्रह्मास्त्र बाहेक, २५ वर्षिय अभिनेत्री आफ्नो आगामी चलचित्र राजीको प्रचार प्रसारमा व्यस्त छिन्, जहाँ उनीले एक भारतीय जासुसको भूमिका निर्वाह गरेकी छिन्। चलचित्रमा अालियाको शक्तिशाली व्यक्तित्व देखाइएको छ, जुन केही नयाँ र रमाईलो देखिन्छ। मेघना गुल्जार निर्देशित सो चलचित्र वैशाख २८ गते रिलिज हुँदैछ।
यस्तै गरी, रणवीर कपुर भने अाफ्नाे आगामी रिलिज सन्जु लाई लिएर उत्साहित छन्, जुन संजय दत्तको जीवनीमा आधारित एक बायोपिक हो। ट्रेलरले सबै क्षेत्रबाट माया कमाएको छ र दुई अभिनेताहरू (संजय र रणवीर) का फ्यानहरु सबैभन्दा उत्साहित देखिन्छन्। सन्जु चलचित्र असार १५ मा प्रदर्शन हुने भनिएको छ।