आज:  | Tue, 06, Dec, 2022

चलचित्र ‘चि मुसि चि’ को पहिलो गीत सार्वजनिक

२०७५, १३ जेष्ठ आईतवार १३:४१ मा प्रकाशित ( ४ साल अघि) १८१२४ पाठक संख्या

काठमाण्डौ । चलचित्र चि मुसि चि को पहिलो गीत सार्वजनिक गरिएको छ । श्रावण ११ गतेलाई प्रदर्शन मिति तय गर्दै आइतवार राजधानीमा एक कार्यक्रमका बीच कलाकार र निर्माण टिमको उपस्थितिमा ’तिमीले माग्छौ भने’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो
सुरज अधिकारीको शब्द तथा संगीत रहेको गीतमा अञ्जु पन्त र युवराज चौलागाईँको स्वर सुन्न सकिन्छ । गीतको भिडियोमा चलचित्रका दुई लिड कलाकार सुनिल क्षेत्री र अलिशा शर्मा फिचर छन् । यी दुईको यो डेब्यू फिल्म हो । गीतको कोरियोग्राफर अभिनेता क्षेत्री स्वयं हुन् ।


सकुन्तला निर्देशन गरेर एकाएक चर्चाको शिखरमा पुगेका निर्देशक दिनेश श्रेष्ठ चलचित्रका निर्देशक हुन् । म्यूजिकल थ्रिलर जनरामा निर्मित यस चलचित्रलाई अरुण कुमार गुरुङ, महेश्वर खत्री, सुबास भुर्तेल, डब बहादुर गुरुङ ले मिलेर निर्माण गरेका हुन् भने फिल्मको कार्यकारी निर्माता शिवराज कार्की हुन् ।

डिआईडी सिजन ४ को टप १० मा समेत पर्न सफल डेब्यू ब्वाई सुनिलले ’चि मुसी चि’को कथाले आफूलाई आकर्षित गरेको बताए । चर्चित नृत्यांगना अलिशा आफूले कल्पना गरेको जस्तै भूमिका ’चि मुसी चि’मा निर्वाह गर्न पाएकोमा प्रफुलित देखिईन् ।

सुशान्त कार्की, शिवराज कार्की, शेखर अधिकारी,  कमली वाइवा लगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा सुनिल क्षेत्री र विक्रम स्वाँरको कोरियोग्राफी छ । बासु न्यौपानेले खिचेको फिल्मको सम्पादन भूपेन्द्र अधिकारीले सम्हालेका छन् ।

खबर एक्सप्रेस