जेठ १४ । डाेटीको बोगटान गाउँपालिका ६ गगुडा पलाडीमा जीप दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ । अन्य ९ जना घाइते भएका छन । दिपायलबाट गगुडा पलाडी जाँदै गरेको से१ज ८७७ नं. को जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
दुर्घटना स्थलमा प्रहरी भने पुगिसकेको छैन । घटनास्थलमा पुग्न ४ घण्टा लाग्ने भएकाले प्रहरी टमेली त्यसतर्फ पठाएको जिल्ला प्रहरी कार्यालयको भनाई छ । घाइतेहरूलाई भने स्थानीयवासीले उद्दार गरी अस्पताल पठाएका छन ।