जेठ १४ ।
अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७५र०७६ को बजेट निर्माणको कामलाई अन्तिम चरणमा र्पुयाएको छ। कार्यक्रम छनौट र बजेट विनियोजनसँगै रातो किताब छपाईको काम भएको छ ।
बजेट भोली चार बजे संसदमा पेश हुँदैछ। सरकारले हालै घोषणा गरेको मदन भण्डारी राजमार्ग अहिले प्राथमिकता प्राप्त नयाँ कार्यक्रममा परेको छ। त्यसबाहेक चालु अवस्थामा रहेका ठूला आयोजना अघि बढाउने गरी बजेट विनियोजन हुने बुझिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष चासो दिएर घोषणा गरेका रेल सेवा विस्तार र पानीजहाजको संभाव्यता अध्ययनका लागि महत्वका साथ बजेट विनियोजन हुने छ। बजेटसँगै सार्वजनिक हुने आर्थिक ऐनको मस्यौदालाई अन्तिम रुप दिने तयारी भइरहेको छ। रातो किताबको छपाई सकेपछि आज मध्यरातिबाट आर्थिक विधेयक छपाईको काम सुरु हुने भोली विहान १२ बजेभित्रमा छपाई सकिने बताइएको छ ।