जेठ १४ । प्रताप दासको आवाज रहेको झरी जस्तै बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक गरिएको छ । उक्त गीतमा प्रतापको साथमा निर्मला उप्रेतीको आवाज सुन्न सकिन्छ । नेपाल आइडलका प्रताप दास छोटो समय मै नेपाली सांगीतीक क्षेत्रमा स्थापित भइसकेका छन् ।
मौसम एल्वममा समाबेश गीतमा प्रमिला बोहराको शव्दहरु रहेका छन् भने संगीत भिम बिसिको रहेको छ । भिडियोमा भने रक्की र निर्मलाको अभिनय रहेको छ भने निर्देशन एव सिनेमाटोग्राफि नबराज उप्रेतीको रहेको छ । भिडियोलाइ प्रबिन भट्टले सम्पादन गरेका हुन् । हेरौ या भिडियो ।