जेठ १५ ।
काठमाडौँको बसुन्धरा स्थित तिलिंगा–टारमा मगलबार बिहान भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार रोकिराखेको बा २ ख ६२३० नं को बसमा बा ३७ प ७३८० नं को मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको उपचारको क्रममा त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा मृत्यू भएको हो ।
घटनामा मोटरसाइकल चालक बाराका ३५ वर्षीय मानबहादुर बलको मात्र परिचय खुलेको छ ।