आज:  | Wed, 07, Dec, 2022

चट्टयाङ लागेर ५० जनाको मृत्यु

२०७५, १६ जेष्ठ बुधबार १३:३० मा प्रकाशित ( ४ साल अघि) ११९५५ पाठक संख्या

जेठ १६ ।
भारतमा चट्टयाङ लागेर ५० जनाको मृत्यु छ । उत्तरी भारतको विभिन्न स्थानमा परेको चट्टयाङमा उनीहरुको मृत्यु भएको भारतीय अधिकारीहरुले बताएका छन् । तीब्र गतिमा आएको हावा र चट्टयाङले र्पुयाएको मानवीय र भौतिक क्षतिका कारण थुप्रैं गाउँ शोकमा डुबेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

धेरैको मृत्यु सुतिरहेकै समयमा भएको बताइएको छ । घरका पर्खालहरु भत्कँदा थुप्रैं मानिस घाइते बनेका छन् । विहारको पूर्वी क्षेत्र सबैभन्दा बढी नराम्ररी ध्वस्त भएको छ । ती क्षेत्रमा कम्तिमा २० जनाको मृत्यु भएको पुष्टि भएको छ । उत्तर प्रदेशमा १२ जनाको मृत्यु भएको छ । आउँदो हप्ता उत्तरी भारतमा ४७ डिग्रीसम्म तापक्रम पुग्ने मौसम विभागले जनाएको छ । भारतमा मनसुनका समयमा यस्ता प्राकृतिक प्रकोप भैरहने गरेको छ । भारतमा २००५ देखि वर्षेनी दुई हजार मानिस चट्टयाङ लागेरै ज्यान गुमाउने गरेको तत्थ्याङ्क छ ।

खबर एक्सप्रेस