आज:  | Sat, 10, Dec, 2022

सुनकेशरी २५ लाख काेे फिल्म !

२०७५, १८ जेष्ठ शुक्रबार ००:४१ मा प्रकाशित ( ४ साल अघि) १२३७० पाठक संख्या

जेठ १७ ।
चलचित्रको सफलताको लागी अधिकांश निर्माता निर्देशक रिलिजको ५१ दिन नै पर्खन्छन् । पहिले पहिले बिजनेश भन्दा रिलिज दिन महत्वपूर्ण हुन्थ्यो । पछिल्लो समय पनि अधिकांश ठूलो रकम कलेक्सन गर्ने चलचित्रहरुले पनि पैसा कलेक्सनलाइ भन्दा पनि रिलिज दिन को आधारमा सफलता सेलिब्रेसन गरेको पाइन्छ तर पछिल्लो समय निर्माण भएका केहि चलचित्रहरुलाइ हेर्दा यस्तो लाग्छ सस्तो लोकप्रियताको लागी केक काटेर सेलिब्रेसन गर्न हतार गर्छन् फिल्म मेकरहरु ।

चलचित्र कोहलपुर एक्सप्रेसले १ करोड ग्रस कलेक्सन गरेको दिन नै केक काटेर सेलिब्रेसन गर्यो । यहि क्रम दोहोरीयो चलचित्र सुनकेशरीमा पनि । आजकाल १ करोड ग्रस खासै ठूलो कुरा होइन । तर पनि मिडियामा पुन एक पटक चर्चा हुन्छ , एउटा न्यूज बन्छ भनेर १ करोड ग्रसमै खुसियाली मनाइन्छ ।
सबैलाइ थाहा भएकै कुरा हो कि जम्मा उठेको ग्रस बाट निर्माताको हातमा मुस्किलले २५ देखि ३० प्रतिशत मात्र हातमा पर्छ । यस अर्थमा हेर्ने हो भने सुनकेसरीले आफ्नो लगानिमा २५ लाख हात पर्यो । २५ लाखमै खुसियाली मनाउन कि त चलचित्र पनि त्यहि २० २५ लाखमा बनेको हुनु पर्यो र लगानि उठ्यो २ ४ रुपैया फाइदा भयो भनेर खुसियाली मनाउनु नत्र खुसियाली मनाउन केक काट्नै पर्ने अवस्था त देखिदैन ।
चलचित्र सुनकेसरी लाइ हरर जनरामा निर्माण गरिएको निर्माण पक्षको दाबि छ तर दर्शकले भने हरर फिल्म हेरेर तर्सिनुको साटो हासेर मनोरन्जन लिएको प्रतिकृया दिएका छन् ।

खबर एक्सप्रेस