आज:  | Sat, 10, Dec, 2022

ठकुरीहरुले स्व. राजा बिरेन्द्रको संझनामा ठकुरीहरुले नेपाल र यू.ए.ई. मा दिप प्रज्वलन गर्ने

२०७५, १८ जेष्ठ शुक्रबार १५:०७ मा प्रकाशित ( ४ साल अघि) १००५४ पाठक संख्या

जेठ १८ ।
१७ वर्ष अघि भएको दरबार हत्याकाण्डमा ज्यान गुमाएका स्व. राजा बिरेन्द्र र उनको परिवारको संझनामा ठकुरी सहयोग संजालले काठमाण्डौ र दुवईमा श्रद्धान्जली कार्यक्रमका साथै दिप प्रज्वलन गर्ने भएको छ । दुवई स्थित बर दुवईमा रहेको सन एण्ड मुन ट्राभलमा जेष्ठ १८ गते शुक्रबार साझ ४ बजे र काठमाण्डौ स्थित नारायणहिटी दरबार अगाडी जेष्ठ जेष्ठ १९ गते शनीबार साझ ५ बजे दिप प्रज्वलन गरेर श्रद्धान्जली कार्यक्रम गर्ने ठकुरीहरुको विश्वब्यापी संजाल ठकुरी सहयोग संजालले जानकारी गराएको छ ।

स्व. राजा बिरेन्द्र र उनको परिवारले पारिवारिक घटनामा ज्यान गुमाएको १७ वर्ष भैसकेको छ । उक्त घटनालाई पारिवारिक भनिए पनि घटनाको यथार्थ भने रहस्यमै रहेको छ । “राजसंस्थाको इतिहास ठकुरी जाती संग जोडिएको र विश्व ठकुरी समुदायको लागि २०५८ साल जेष्ठ १९ गते शुक्रबार हाल सम्मकै क्षतीको दिन रहेको छ । हामीह  हाम्रा सजातिय राजा र उहाँको परिवारलाई गुमाउन पर्दा निकै दुःखीः भएका थियौ र आज सम्म त्यो दुःखः भुल्न सकेका छैनौ ।” ठकुरी सहयोग संजालका केन्द्रिय अध्यक्ष रेशम जंग शाहले टेलिफोन संपर्कमा निकै भावुक हुदै भने । शाहका अनुसार स्वं राज परिवारको संझनामा यु.ए.ई. ठकुरी सहयोग संजाल र ठकुरी सहयोग संजाल केन्द्रिय कार्यलयले श्रद्धान्जली सभा राख्ने निश्चत भैसकेको छ भने प्रवासका अन्या शाखा र जिल्ला शाखाहरुमा पनि कार्यक्रम हुन सक्नेछ ।

खबर एक्सप्रेस