जेठ १८ ।
अष्ट्रेलियाको भिक्टोरियामा ग्राहकको हत्या गरेको आरोपमा पक्राउ परेका एक नेपाली सेफलाई २३ वर्षको जेल सजाय सुनाइएको छ भिक्टोरियास्थित बालारात करी रेष्टुरेन्टमा कार्यरत नेपाली सेफ हरिप्रसाद ढकालले सन् २०१६ अक्टोबर २५ मा रक्सीले मातेर रेष्टुरेन्टमा होहल्ला गर्ने एक पाकिस्तानी ग्राहकलाई चक्कु प्रहार गरी हत्या गरेको ठहर भएको छ ।
ढकाल अष्ट्रेलियामा अवैध रुपमा बसोबास गरिरहेको समेत भेटिएकाले जेल सजाय भुक्तान गरिसकेपछि उनलाई नेपाल फिर्ता गरिने छ । ५१ वर्षीय ढकालले पाकिस्तानी मुलका ३८ वर्षीय अब्दुल्लाह सिद्दिकीलाई चक्कु प्रहार गरेर हत्या गरेको स्वीकार गरेका छन् ।