जेठ २२ ।
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको सुरक्षाका लागि राखिएको दमकल पुरानो भएका कारण अत्यावश्यक सेवाका लागि समस्या पर्ने देखिएको छ । विमानस्थलमा रहेका पाँच वटा दमकलमध्ये दुई वटा दमकल २५ वर्ष पुरानो भैसकेको छ । बाँकी तीन वटा दमकलले विमानस्थलको समग्र अग्नि नियन्त्रणको काम गर्नुपरेको छ ।
विमानस्थल सुधारका लागि सरकारले गठन गरेको विज्ञ समूहले समेत विमानस्थलमा रहेको अग्नि नियन्त्रक सामग्रीमा रहेको कमीप्रति चिन्ता व्यक्त गर्दै तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएका छन् । दमकल नै काम नलाग्ने अवस्थामा पुगेको भन्दै उनीहरुले थप चार वटा अग्नि नियन्त्रक सामग्री खरिद गर्न सरकारलाई सुझाव दिएका हुन् ।