आज:  | Wed, 07, Dec, 2022

निर्माता माधव वाग्लेलाई सरकारी वकिलमा बुझाईयो

२०७५, २२ जेष्ठ मंगलवार १२:३८ मा प्रकाशित ( ४ साल अघि) १२९९० पाठक संख्या

जेठ २२ ।
फिल्म निर्माता माधव वाग्लेलाई नक्कली नोटको कारोबार गरेको मुख्य अभियुत्त बनाएको मिसिल प्रहरीले सरकारी वकिलको कार्यलयमा बुझाएको छ ।

तीन साता लामो अनुसन्धान सकाएर फाइल सरकारी वकिल कार्यालयमा बुझाएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डिएसपी योगेन्द्र सिंहले जानकारी दिनुभयो । प्रहरीले जेठ २ गते २ करोड ६० लाख ६३ हजार नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो। निर्माता वाग्लेको कोठामा १ हजार दरका २ करोड ५२ लाख रुपैयाँ प्रहरीले फेला पारेको थियो । नेपाल राष्ट्र बैकले नोट नक्कली भएको पुष्टि गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो ।

खबर एक्सप्रेस