आज:  | Wed, 07, Dec, 2022

ट्रम्प र किम लाइ गोर्खालीले दिने सुरक्षा

२०७५, २२ जेष्ठ मंगलवार १३:५० मा प्रकाशित ( ४ साल अघि) १२८४९ पाठक संख्या

जेठ २२ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको बहुप्रतिक्षित वार्ता आगामी मंगलबार सिंगापुरमा हुने भएको छ । जून १२ मा स्थानीय समय अनुसार विहान ९ बजे दुई नेताबीच भेट हुने हृवाइट हाउसले जनाएको छ ।

सिंगापुरमा भेटवार्ता गर्दा ट्रम्प र किमलाई सुरक्षा भने गोर्खा सैनिकले गर्ने भएका छन् । दुवै नेताले आ–आफ्ना सुरक्षाकर्मी ल्याउने भए पनि वार्तास्थल, सडक र होटलको सुरक्षा भने सिंगापुर प्रहरीको उत्कृष्ट गोर्खा दस्ताले गर्ने भएको हो । सबै अत्याधुनिक हतियारका बाबजुद गोर्खा सैनिकहरुले खुकुरीलाई परम्परागत रोजाईको हतियार बनाएकाछन् ।

खबर एक्सप्रेस