आज:  | Sat, 10, Dec, 2022

अभिनयमा डाइभर्ट हुदै निश्चल

२०७५, २३ जेष्ठ बुधबार १५:२४ मा प्रकाशित ( ४ साल अघि) २३२६६ पाठक संख्या

जेठ २३ ।

निर्देशक निश्चल बस्नेत पछिल्लो समय चलचित्र निर्देशनमा भन्दा पनि अभिनय तर्फ बढि आकर्षित भएका हुन् कि भन्ने आभाष हुन थालेको छ । कहि आइटम डान्स त कहि चलचित्रको मुख्य पात्रमा निश्चल अभिनय मा अग्रसर हुदैछन् ।

पछिल्लो समय २ रुपैयामा मुख्य भुमिकामा अभिनय गरेका निश्चल चलचित्र पसादमा इन्ट्रि गरेका छन् । तर निर्देशकिय रुपमा होइन कि कलाकारको रुपमा । दिनेश राउतको निर्देशन रहने चलचित्र प्रसादको एक मुख्य क्यारेक्टरमा निश्चल बस्नेत देखिने भएका छन् ।
चलचित्रको कथा शुशिल पौडेलको रहेको छ भने कथा सुन्ने बित्तिकै निर्देशक राउतले उक्त क्यारेक्टरमा निश्चलनै हुनु पर्ने मानसिकता बनाइसकेको बताएका छन् ।
चलचित्र असार १ बाट फ्लोरमा जादैछ ।

खबर एक्सप्रेस