जेठ २३ । पूर्बि तराइमा अहिले खपिनसक्नु गर्मि छ । गर्मिका कारण दिउसो बाहिर निस्कन गाहो हुने अवस्था छ । यस्तो गर्मिको समयमा पनि तराइ बाट एक घण्टाको सवारी यात्रा पछि चिसो स्थानमा पुगिन्छ भने किन नजाने ? हो सधै चिसो हावा चलिरहने , एकै छिनमा खुल्ला त एकै छिनमा कुहिरो लाग्ने ठाउ हो धनकुटा जिल्लामा पर्ने भेडेटार ।
धरान बाट जम्मा २३ किलोमिटरमा रहेको भेडेटारमा गर्मिको समयमा चिसो सिरेटोको मज्जा लिन धरान ,इटहरी , बिराटनगर देखि बिहार सम्म बाट पर्यटकहरु आउने गर्दछन् । गर्मिको समयमा अरु समय भन्दा बढि पर्यटकहरु आउने गर्दछन् ।