जेठ २३ । फिल्म मेकिङमा कुनै कम्प्रमाइज नगर्ने तथा नेपाली फिल्मको स्टान्डर्ड बढाउनको लागी लागिपर्ने निर्माता सन्तोष सेनको अर्को महत्वाकांक्षि चलचित्र को नाम फाइनल भएको छ । चाइल्ड साइकोलोजीमा आफ्नै छोरा आयुव सेनलाइ फिचर गर्न लागीएको चलचित्रको नाम जुरेको छ मेरी मामु ।
बच्चाको इमोसन सग जोडेर निर्माण आरम्भ गर्न लागीएको यो फिल्म आशुषेन फिल्मस्को चौथो प्रस्तुती हो । चखे शंखे पंखे , प्रेमगीत र प्रेमगीत २ निर्माण बाटै स्थापित आशुषेन फिल्मसको यो चौथो प्रोजेक्ट हो ।
चलचित्रको बारे अन्य जानकारी केहि दिनमा प्रेसमिट आयोजना गरेर सार्वजनिक गरीने निर्माता सेनले जानकारी दिएका छन् ।