जेठ २५ ।
जनकपुरबाट नेपालगञ्ज जाँदै गरेको बस दाङको भालुबाङ–लमही सडकखण्डमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ । ३३ जना सवार बस दुर्घटना हुँदा ११ जना गम्भीर घाइते छन् । ना ५ ख १८२९ नम्बरको बस राप्तीगाउँपालिका वडा नम्बर ५ पहरुवामा आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा भारत लखिनपुर निवासी ५ वर्षीय निरुबी मोहम्मदको मृत्यु भएको हो । चालक निदाउँदा बस दुर्घटना भएको प्रहरीको अनुमान छ । बस सडकबाट तल खोलामा खसेको छ । घाइतेमध्ये एक नाबालकसहित २७ जनालाई बाँकेको कोहलपुर पठाइएको छ । अन्य घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ ।