आज:  | Wed, 07, Dec, 2022

अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य : सर्वेन्द्र खनाल

२०७५, २५ जेष्ठ शुक्रबार १०:०४ मा प्रकाशित ( ४ साल अघि) १३७५९ पाठक संख्या

जेठ २५ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताउनुभएको छ । बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै महानिरीक्षक खनालले जनताको जीउधनको रक्षा गर्नका लागि प्रहरी अहोरात्र खटिरहेको बताउनुभयो ।

महानिरीक्षक खनालले अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन कसैसँग सम्झौता नहुने भन्दै अपराध नियन्त्रण गर्नेमा नागरिकको पनि उत्तिकै भूमिका रहेको बताउनुभयो । अपराधीहरुको कुनै जात र धर्म नहुने हुँदा त्यस्ता व्यक्तिलाई कसैले पनि संरक्षण नगर्न उहाँको आग्रह रहेको थियो ।

खबर एक्सप्रेस