आज:  | Sat, 10, Dec, 2022

वाग्लेसहित ६ जना विरुद्ध मुद्दा दायर

२०७५, २५ जेष्ठ शुक्रबार १०:११ मा प्रकाशित ( ४ साल अघि) १४१८२ पाठक संख्या

जेठ २५ ।

फिल्म सुटिङका लागि छापिएको नक्कली नोट दुरुपयोग गरेको आरोपमा पक्राउ परेका निर्माता माधव वाग्लेसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ । महानगरीय प्रहरी वृत्त महाराजगगञ्जले आज काठमाडौं जिल्ला अदालतमा खोटाचलन मुद्दा दायर गरेको हो । २ करोड ६२ लाख रुपैँया जरिवाना र १० वर्षसम्म कैदको सजाय माग गरी मुद्दा दायर गरिएको छ ।

गत जेठ २ गते प्रहरीले नक्कली नोटसहित निर्माता वाग्ले, प्रकाश सुवेदी, सुजित तामाङ, साजन तामाङ, महेन्द्र बोगटी र विकेश नापितलाई पक्राउ गरेको थियो ।।।

खबर एक्सप्रेस