आज:  | Tue, 06, Dec, 2022

मैत्रीपूर्ण खेलहरुमा इंग्ल्याण्ड र पोर्चुगल विजयी

२०७५, २५ जेष्ठ शुक्रबार १०:२० मा प्रकाशित ( ४ साल अघि) ३००३२ पाठक संख्या

जेठ २५ ।

विश्वकप फुटबलको तयारीस्वरुप खेलिएका मैत्रीपूर्ण खेलहरुमा इंग्ल्याण्ड र पोर्चुगल विजयी भएका छन् । आफ्नै मैदानमा भएको खेलमा इंग्ल्याण्डले कोष्टा रिकालाई २–० गोल अन्तरले हराएको हो ।

इंग्ल्याण्डका लागि मार्कस रास्फोर्ड र ड्यानी वेल्बेकले १–१ गोल गरे । विश्वकपका लागि मंगलबार रुस जाने इंग्ल्याण्डले समूहचरणमा ट्युनिसिया, पानामा र बेल्जियमसँग खेल्नेछ ।
गएराति नै भएको अर्को अभ्यास खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले अल्जेरियालाई ३–० ले हराएको छ । क्रिश्चियानो रोनाल्डो अनुपस्थित हुँदा यसअघिका दुई खेलमा बराबरी गरेको पोर्चुगलले गएराति भने रोनाल्डोको प्रेरणामा खेल जित्दै विश्वकपमा आफ्नो दावेदारी पस्किएको छ । खेलमा पोर्चुगललाई विजयी गराउन गोन्सालो गुएडेजले दुई तथा ब्रुनो फर्नान्डेजले एक गोल गरे । गएराति भएका अरु मैत्रीपूर्ण खेलमा आईसल्याण्ड र घानाले २–२ गोल तथा दक्षिण कोरिया र बोलिभियाले गोलरहित बराबरी खेलेका छन् ।

खबर एक्सप्रेस