आज:  | Tue, 06, Dec, 2022

झुटको खेती : बक्स अफिस नहुदा फाइदा व्यानरवालाइ , घाटा पैसा हाल्नेलाइ

२०७५, २६ जेष्ठ शनिबार ०३:५० मा प्रकाशित ( ४ साल अघि) २१६०१ पाठक संख्या

किरण अाचार्य.  जेठ २६ ।

फिल्म चलेको ३ दिन भएको हुदैन मिडियामा बिभिन्न फन्डा गर्दै फिल्मले यति कमायो, यति ग्रस गर्यो भनेर हल्ला फैलाइन्छ । मिडियामा देखिने निर्माता अथवा भनौ कार्यकारी निर्माताहरुको अनुहारमा बनावटि नै भए पनि हासो देखिन्छ । आखिर किन यस्तो हुन्छ फिल्मलाइनमा ?


आजभोलि अधिकांश व्यानरवाला र कार्यकारी निर्माता हरु आफ्नो पैसामा फिल्म निर्माण गर्दैनन् । उनिहरु माथि बिश्वास गरेर अरु लगानि कर्ताले पैसा हाल्ने गर्छन् । फिल्म चल्छ तर लगानि उठाउन हम्मे हम्मे पर्छ । तर पनि निर्माताहरु आफ्नो फिल्मले यति कमायो उती कमायो भनेर पर्चाबाचि गर्छन् कारण अर्को पटकको फिल्ममा लगानी कर्ता तान्न ।
उक्त व्यानरमा लगानि कर्ता दोहोरिन मुस्किल पर्छ भने अघिल्लो फिल्मको बाहिर आएको फेक बिजनेश रिपोर्टले अर्को लगानि कर्ता मुर्गा बन्छन् ।

देशमा बक्स अफिस छैन् फिल्मको कलेक्सन जसले जति भने पनि पत्याउनुको बिकल्प छैन । जसको फाइदा व्यानरवाला लाइ अथवा कार्यकारी निर्मातालाइ त होला तर लगानि कर्ता निर्माता लाइ सधै घाटा नै घाटा ।
फिल्ममा लगानि गर्ने निर्माताले भित्री बिजनेश रिपोर्ट थाहा पाएर मात्रै लगानि गर्ने हो भने दुख गरेर कमाएको पैसा जोगिन्थ्यो कि ?

खबर एक्सप्रेस