आज:  | Tue, 06, Dec, 2022

फेरी आयो शिल्पा र पृथ्वीको डान्सिङ गीत्

२०७५, २८ जेष्ठ सोमबार ००:३१ मा प्रकाशित ( ४ साल अघि) १०६४७ पाठक संख्या

कलिउड अपडेट ।
चलचित्र ‘वीराङ्गना’ को फाष्ट विटको गीत सार्वजनिक भएको छ । ‘तिम्रो हाम्रो मायामा’ बोलको गीतमा दिपक शर्माको संगीत र रघु परियारको शब्द रहेको छ भने कृष्ण काफ्ले र रेश्मा पुनको स्वर सुन्न सकिन्छ ।
गीतमा शिल्पा पोखरेल र पुथ्वीराज प्रसाईँ फिचर छन् । यसका कोरियोग्राफर सुरेन्द्र बसेल हुन् ।

एक्सन जनराको नारी प्रधान भनिएको ‘वीराङ्गना’ मा राज बहादुर सानेको निर्देशन, हरि घले लामाको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन छ । उक्त फिल्ममा बाबुराम दास, श्याम बहादुर थापा, रघु परियार, देव तामाङ र विमला भट्ट निर्माता तथा सह-निर्मातामा सुमि चाम्लिङ​ राई र​हेका छ​न् ।

र्फोथ आई मुभिजको ब्यानरमा निर्माण भएको ‘वीराङ्गना’ मा अनुप विक्रम शाही, धिरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोईराला, सुशिल पोखरेललगायतको पनि अभिनय रहेको छ । निर्देशक सानेले सिमाना क्षेत्र र अपराध नियन्त्रणमा सशस्त्र प्रहरीले पुर्‍याएको योगदान र महिला सशस्त्र प्रहरीको वीरताको बारेमा फिल्मले बोलेको बताए ।

खबर एक्सप्रेस