जेठ २९ ।
चलचित्र ‘मेरी मामु’ बाट लण्डन निबासि कुसुम गुरुङ ले डेब्यू गर्ने भएकि छिन् । कुसुमले आसुसेन ब्यानरबाट चलचित्रमा डेब्यू गर्दैछिन् ।
थिएटर ब्याकगराउण्डकी कुसुमले राजधानीको ‘ज्ञ’ थिएटरबाट अभिनयमा तीन महिने प्रशिक्षण लिइसकेकी छिन् भने सुनिल पोखरेल निर्देशित ‘हरियो ढुंगा’ नामक नाटकमा अभिनय समेत गरेकी छिन् । लेखा तथा वित्तिय विषयमा स्नातक सकेकी कुशुम परिबार संगै लण्डनमा बस्दै आएकि छिन्
बाल मनोविज्ञानमा बन्ने चलचित्र मेरी मामु मा निर्माता सन्तोष सेनका ६ वर्षे छोरा आयुव सेन मुख्य भुमिकामा रहने समाचार यस अघि नै भाइरल भैसकेको छ । चलचित्रको लागि विगत केही महिना देखि कथा, पटकथा, संवाद र लोकेसनको लागि निर्माण टिमले अध्ययन अनुसन्धानलाई तिब्रता दिएको छ भने अहिले राजनधानीमा दैनिक कार्यशाला पनि चलिरहेको छ । यहि अषाढ ३ गतेबाट छायानंकनमा जाने चलचित्र मेरी मामु को टिमको परिचय भने त्यही दिन गरिने निमार्ण पक्षले बताएको छ ।