आज:  | Wed, 07, Dec, 2022

करिश्माकी छोरीले घटाइन् ११ केजी तौल

२०७५, ३० जेष्ठ बुधबार १५:१७ मा प्रकाशित ( ४ साल अघि) १२६९७ पाठक संख्या

जेठ ३ं० ।

केहि समय अघि चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को पत्रकार सम्मेलनमा नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर उपस्थित थिइन् किनकि यही चलचित्रबाट  उनले डेब्यू गर्न लागेकी हुन् । तर त्याे बेला कविताको फिगर माथि धेरैले प्रश्न पनि सोझ्याए ।

मोटो जिउडाल भएकाले नायिकामा नसुहाउने भन्दै कतिले कुरा पनि काटे । उनी कविता शनिबार एक कार्यक्रममा पुग्दा बेग्लै देखिइन् । उनको शरीरमा एकाएक आएको परिवर्तन देखेर धेरै अचम्मित बने । छोटो समयमै उनी फ्याटबाट फिट बन्ने क्रममा छिन् । कविताले पनि खुलेर मिडियाको क्यामेरामा पोज दिइन् ।

दुब्लाएपछि कविताको आत्मविश्वास पनि बढेको देखियो । चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’को छायांकन सुरुवातदेखि आजसम्म आफू ११ केजी दुब्लाएको उनले बताएकी छन् ।

हुन त, कविताले अझै फिगर मेन्टेन गर्न आवश्यक छ । तर, उनले आफूलाई परिवर्तन भने गरेकी छन् । सायद, सबैले मोटी भनेर कमेन्ट गरेपछि यो कुराले उनको मनमा विझाएको हुनुपर्छ

खबर एक्सप्रेस