जेठ ३१ ।
तत्कालिन एमालेको भ्रातृ संगठन युवा संघ र माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल खारेज गरिएको छ । युवा संघ नेपाल र वाईसीएलको तत्कालिन माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरमा बसेको संयुक्त बैंठकले दुबै संगठन खारेज गर्ने निर्णय गरेको हो । दुईवटै पार्टी एक भएपछि भ्रातृ संगठन पनि एक भएर अगाडि बढ्ने निर्णय गरिएको वाईसीएल नेताहरुले बताएकाछन् ।
संगठन विस्तारका लागि दुबै संगठनका नेता सम्मिलित कार्यदल बनाएर अगाडि बढ्ने निर्णय पनि बैंठकले गरेको छ । अब बन्ने नेपाल कम्युनिष्ट पार्टीको युवा भ्रातृ संगठनमा दुबै पार्टीका युवा नेता समावेश गर्नु पर्ने भएकाले झण्डै चारसयको केन्द्रीय समिति बन्ने जनाइएको छ । बैठकमा कम्युनिष्ट सरकार हुँदासमेत जनताको काम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।