असार ३ ।
आइतबार राति १२ बजे देखि लागु हुने गरी प्रेटोलियम पदार्थको मुल्य घटेकोछ । नेपाल आयल निगमले पेट्रोलमा ३ रुपैयाँ, डिजेल र मट्टितेलमा २–२ रुपैयाँ मूल्य घटाएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपालमा पनि मूल्य घटाएको निगमले जनाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर एक सय १० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९३–९३ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ
हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने नघटेको जनाइएको छ ।