असार ३ ।
आइतबार यति एरलाईन्सको विमान ठूलो दुर्घटनामा परेकाे छ तर सबै यात्रु सकुशल रहेका छन् । काठमाडाैंबाट ३० जना यात्रु लिएर पोखरा आएको यति एयरलाइन्सको नाइन एन एएचयू ६८१ कलसाइनको विमान दिउसो २ः४५ बजे अवतरणको क्रममा दुर्घटनाबाट जोगिएको हो ।
विमान अवतरणको क्रममा हाईड्रोलिक फेल भएर रनवे भन्दा करिब १५ मिटर पर घाँसे मैदानमा जोतिन पुगेको पोखरा विमानस्थल प्राधिकरणका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए । उनका अनुसार जहाजमा यात्रा गर्ने सबै यात्रु सकुशल छन् ।
विमानले रनवेलाई डिष्टर्ब नगरेको कारण उडान अवतरणमा समस्या नभएको उनले बताए । यद्यपी मौसमका कारणले भने अहिले विमानस्थलवाट उडान र अवतरण भएको छैन । काठमाडाैंबाट इन्जिनियरहरुको टोली आजै आएर विमानको मर्मत गरिने बताइएको छ ।
तस्विर ः अनलाइन खवर