आज:  | Sat, 10, Dec, 2022

पोर्चुगलले मोरक्कोलाई १-० ले हरायाे , मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरियाे

२०७५, ६ असार बुधबार १६:४६ मा प्रकाशित ( ४ साल अघि) १४४३४ पाठक संख्या

असार ६ ।

मंगलबार भएको खेलमा पोर्चुगलले मोरक्कोलाई १-० ले हराएको हो । पहिलो खेलमा स्पेनविरुद्ध हृयाट्रिक गरेका स्टार खेलाडी क्रिष्टियोनो रोनाल्डो नै मोरक्कोविरुद्ध पनि गोल गरे । उनले खेलको चौथो मिनेटमा नै गोल गरेका हुन् । याे हार स‌गै मोरक्को विश्वकपको समूह चरणबाटै बाहिरिएको छ ।

अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पनि रोनाल्डो दोस्रो नम्बरमा पुगे । उनले पोर्चुगलका लागि ८५ गोल गरेका छन् । उनीभन्दा अघि इरानका अलि डाईले १ सय ९ गोल गरेका छन् ।

पोर्चुगलसँगको हारसँगै समूह ‘बी’ रहेको मोरक्को बाहिरिएको छ । उसले अब अन्तिम खेलमा स्पेनसँग खेल्नेछ ।

खबर एक्सप्रेस