आज:  | Sat, 10, Dec, 2022

मुलपानीमा प्रहरीले गोली चलायो , एक घाइते

२०७५, ८ असार शुक्रबार ०१:४८ मा प्रकाशित ( ४ साल अघि) १०९८७ पाठक संख्या

असार ८ ।
महानगरीय प्रहरी अपराध महाशाखाको विशेष टोलीले बिहीबार काठमाडौंको मुलमानीमा गाेली चलाएकाे छ । लुटेरा पक्राउ गर्न खोज्दा राति आठ बजेतिर आक्रमणको प्रयास भएपछि गोली चलाएको हो।

प्रहरीमाथि लुटेरा जाइलागेपछि महाशाखाको टोलीले गोली चलाएको महानगरीय प्रहरी अपराध मशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले अन्नपूर्णलाई जानकारी दिए। सिंहका अनुसार विभिन्न ठगी मुद्दामा यसअघि पटकपटक पक्राउ परेका आश्विन भनिने अमरबहादुर तामाङ प्रहरीको गोली लागेर घाइते भएका हुन्। उनको दाइने खुट्टाको घुडामा दुई राउण्ड गोली लागेको छ। घाइते तामाङलाई उपचारका लागि प्रहरीले वीर अस्पतालस्थित ट्रमा सेन्टरमा पुर्याएको छ।

सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका तामाङलाई प्रहरीले मुलपानीको अर्याल गाउँ नजिकै (जम्मुडाँडा) भन्ने ठाउँमा गोली हानेको हो। अबैध डलरसहित हिँडिरहेको सुराकीको आधारमा महानगरीय मशाखाकाको टोली तामाङलाई पक्राउ गर्न मुलपानी पुगेको थियो।

प्रहरीले उनको साथबाट बाहिर ५० डलर र भित्र एकएक डलर राखेर बनाएको सात बन्डल रकम फेला पारेको छ। तामाङ यसअघि साँखुमा १८ लाख डलर लुटिएको काण्डको फरार सूचीमा थिए। उनी शृङखलाबद्ध अपराधमा संलग्न रहेको प्रहरीको दाबी छ।

खबर एक्सप्रेस