आज:  | Tue, 26, Sep, 2023

५० लाख भ्यूजको खुसिमा काटियो केक

२०७५, ९ असार शनिबार ००:४५ मा प्रकाशित ( ५ साल अघि) १२८६० पाठक संख्या

असार ९ । गत फागुन ११ मा प्रर्दशन भएको चलचित्र पन्चेबाजाको घिन घिन मादलले यूटुवमा अर्गानिक ५० लाख भन्दा माथि दर्शक पाएको छ । यो अबसरमा गीतकार एव संगीतकार ले केक काटेर खुसियाली साटासाट गरेका छन् ।

गीतकार प्रदिप भारद्धाज र संगीतकार बिकाश चौधरीले आफ्नै कार्यलयमा केक काटेर ५० लाख भ्यूजको सेलिब्रेसन गरेका छन् । उक्त गीतलाइ अन्जु पन्त र डेबिड शंकरले गाएका हुन् । राजेश शाहि को निर्माण तथा घनश्याम लामिछानेको निर्देशनमा तयार पन्चेबाजाको उक्त गीतालाइ कबिराज गहतराजले कोरियोग्राफि गरेका छन् ।

खबर एक्सप्रेस