आज:  | Sat, 10, Dec, 2022

एसइई नजितामा गम्भिर भुल: लाखाै विद्यार्थीको मनोविज्ञानमा गम्भीर खेलबाड !

२०७५, ११ असार सोमबार ०२:५१ मा प्रकाशित ( ४ साल अघि) १०४३० पाठक संख्या

असार ११ ।
माध्यमिक शिक्षा परिक्षा कक्षा १० एसइई को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय पनिकाले शनिबार प्रकाशित गरेको नतिजामा आईतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ ।

पनिकाले तोकेको वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिवार प्राप्त गरेको जिपिए आईतबार बढेको हो । जिपिए बढेपछि विद्यार्थी, अभिभावक, शिक्षक अन्योलमा परेका छन् ।कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले ए ग्रेड मात्रै देखायो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

खबर एक्सप्रेस