आज:  | Sat, 10, Dec, 2022

पोखरा अन्तराष्ट्रिय बिमानस्थल को निर्माण कार्य नरोकिने , थालियो बिराटनगरमा पनि

२०७५, ११ असार सोमबार १३:५९ मा प्रकाशित ( ४ साल अघि) ९८७१ पाठक संख्या

असार ११ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पोखरा विमानस्थलको निर्माण कार्य नरोकिने बताउनुभएको छ । आज पोखरमा पत्रकारहरुसँग कुराकानि गर्दै उहाँले विज्ञ समूहबाट विमानस्थलका सम्बन्धमा आएका सुझाव निर्माण नै रोक्ने गरी नआएको बताउनुभएको हो ।

एकसय असी सिट क्षमताका जहाजसम्म सञ्चालन हुन सक्ने विमानस्थलको निर्माण कार्य सन् २०२१ मा सम्पन्न हुने बताउँदै मन्त्री अधिकारीले निर्माणकै लागि यसै आर्थिक वर्षको बजेटमा ११ अर्ब छुट्याइएको जानकारी दिनुभयो ।
यसैबिच नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउन क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ । विराटनगरसहित देशका प्रमुख केन्द्रहरु पोखरा, भैरहवा, धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्तिका लागि ठोस योजनासहित कार्य अघि बढाएको प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठले बताउनु भयो ।

खबर एक्सप्रेस