असार ११ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ स्थित ओपीमा आज बिहान मिनीट्रक दुर्घटना हुँदा एकजनाको मुत्यु भएको छ । छहारेबाट बनेपातर्फ तरकारी लिएर आउँदै गरेको बा२ख ३४१२ नंको निशास मिनीट्रक पल्टिँदा मण्डनदेउपुर नगरपालिका–४ की ४० वर्षीया ललीमाया तामाङको मृत्यु भएको हो ।
This is Not Real Picture just For sample .
दुर्घटनामा गम्भिर घाईते भएकि तामाङ्गको उपचारको क्रममा धुलिखेल सामुदायिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । गाडी अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खोल्सामा खस्दा विस्फोट भई आगलागी भएको थियो ।